×

NEPAL TIMES UPDATES

Playing
आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै|| Nepal Times
Apr 02, 2026
Playing
नेपालमा निजीकरण गरिएका उद्योगहरुको नालीबेली, के सरकारले उद्योग चलाउने हो ? || Nepal Times
Apr 01, 2026
Playing
पोखराको जंगलघरमा ठूलो अपरेशन,६५०० तिरेर प्रवेश, भित्र ड्रग्स पार्टी|| Nepal Times
Apr 01, 2026
Playing
संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क, ज्ञानेन्द्रले सम्बोधन गर्ने || Nepal Times
Apr 01, 2026
Playing
छिटो घर गए बिदा काटिने, खटाएको ठाउँमा नगए राजीनामा दिनू|| Nepal Times
Apr 01, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-18-2082 || Nepal Times
Apr 01, 2026
Playing
प्रचण्डका सैन्य कमान्डर बादल अब ओलीका संसदीय कमान्डर || Nepal Times
Apr 01, 2026
Playing
नेटो टुक्रिने, ७७ वर्षपछि अमेरिका बाहिर, ट्रम्प नै भन्छन्, यो सैन्य गठबंधन ’कागजी बाघ’|| Nepal Times
Apr 01, 2026
Playing
यु द्ध छाड्न Trumpलाई कठिन, Iran भन्छ–अमेरिकी स्थलसेनाको प्रतिक्षामा छौं || Nepal Times
Apr 01, 2026
Playing
World News: Iran यु*द्धको ‘फिनिस लाइन’, यु*द्धमा Americaको दैनिक २ अर्ब डलर खर्च || Nepal Times
Apr 01, 2026

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

१९ चैत्र २०८२

१९ चैत , काठमाण्डौ।

इन्डोनेसियाको मोलुका टापुलाई केन्द्रविन्दु बनाएर आज बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि तनि देशमा सुनामीको चेतावनी जारी गरिएको यो खबरसहित हामी नेपाल टाइम्स अनलाइन टेलिभिजनमा उपस्थित भएका छौं ।

Advertisement

भूकम्पपछि शक्तिशाली पराकम्पनहरु आइरहेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् भने यसको धक्का जापानसम्म महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सुरुमा ७.८ म्याग्निच्युड मापन गरिएको यो भूकम्प स्थानीय समय अनुसार बिहान ६ः४८ बजे गएको हो।

भूकम्पको केन्द्रविन्दु पर्यटकीय र ऐतिहासिक सहर टर्नेटबाट करिब १२० किलोमिटरको दूरीमा रहेको बताइएको छ । यस प्राकृतिक विपत्ति लगत्तै हवाईस्थित सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटर क्षेत्रभित्र पर्ने इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रहरूमा सुनामी आउन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन निर्देशन दिएको छ।

भूकम्पको धक्का जापानसम्म महसुस गरिएको छ भने जापानी मौसम विज्ञान एजेन्सीले आफ्ना केही समुद्री तटहरूमा पानीको सतहमा सामान्य परिवर्तन हुन सक्ने चेतावनी जारी गरेको छ। भूकम्पका कारण हालसम्म उत्तर सुलावेसीको मिनाहासा क्षेत्रमा एक ७० वर्षीया वृद्धाको घर भत्किएर पुरिँदा मृत्यु भएको पुष्टि भएको छ।

उद्धार टोलीले सार्वजनिक गरेका भिडियोहरूमा मनाडो सहरमा ठूला भवनहरू भत्किएका र फर्निचरहरू सडकमा छरपस्ट भएको दृश्य देखिन्छ। राष्ट्रिय खेलकुद समितिको कार्यालय भवन नराम्ररी क्षतिग्रस्त भएको छ भने स्थानीय बासिन्दाहरू भत्किएका संरचना हेर्दै चिच्याइरहेको देख्न सकिन्छ।

मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुईवटा पराकम्प आइसकेका छन् भने थप शक्तिशाली पराकम्पहरू आउन सक्ने राष्ट्रिय भूगर्भ एजेन्सीले चेतावनी दिएको छ। अधिकारीहरूले तटीय क्षेत्र र पहिरो जान सक्ने भीरपाखाबाट टाढै रहन सर्वसाधारणलाई अपिल गरेका छन्।

इन्डोनेशिया २८ करोडभन्दा बढी जनसंख्या भएको विशाल द्वीपसमूह हो, जहाँ बारम्बार भूकम्प आउने गर्छन् । यसको मुख्य कारण यो देश प्रमुख भूकम्पीय फॉल्ट लाइनमा अवस्थित हुनु हो। प्रशान्त महासागर क्षेत्रको ‘रिङ अफ फायर’ अर्थात् ज्वालामुखी र फॉल्ट लाइनहरूको घेराभित्र पर्ने भएकाले यहाँ प्रायः भूकम्प र ज्वालामुखी विस्फोट भइरहन्छन् ।

सन् २०२२ मा पश्चिम जाभाको सियानजुर सहरमा आएको ५.६ म्याग्निच्युडको भूकम्पमा कम्तीमा ६०२ जनाको ज्यान गएको थियो । यो सन् २०१८ मा सुलावेसीमा आएको भूकम्प र त्यसपछि आएको सुनामीपछि इन्डोनेशियामा आएको सबैभन्दा घातक भूकम्प मानिन्छ, जसमा ४,३०० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।

Advertisement

त्यसैगरी, सन् २००४ मा हिन्द महासागरमा आएको अत्यन्त शक्तिशाली भूकम्पले ठूलो सुनामी निम्त्याएको थियो। उक्त विपत्तिमा एक दर्जनभन्दा बढी देशमा २ लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो, जसमा अधिकांश इन्डोनेशियाको आचे प्रान्तका बासिन्दा थिए।

भर्खरको समाचार

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु*द्ध अन्त्य हुने

trump

युवा संघका ललितपुर अध्यक्ष पक्राउ, ओली र लेखकको बयान

Sudhan Gurung Grihamantri_NPL (3)

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

Screenshot 2026-03-31 142032

सम्बन्धित खबरहरु

Scroll to Top