×

NEPAL TIMES UPDATES

Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

२१ चैत्र २०८२

२१ चैत , काठमाण्डौ ।

सम्पत्ति शुद्धीकरण कसुरमा औद्योगिक समूह शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई शुक्रवार राती प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
Advertisement

पक्राउ परेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेको थियो ।उनी अहिले प्रहरी हिरासतमा छन् ।

तिन दिन अघि मात्र सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको कारोबारमा जोडिएको देखिएपछि अग्रवाललाई अनुसन्धानका लागि पक्राउ गरिएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ ।

शङ्कर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलको बैङ्क खाताबाट दीपक भट्टको खातामा शङ्कास्पद रकम जम्मा भएको विषय राष्ट्र बैङ्कको वित्तीय सूचना इकाईले थाहा पाएको थियो।

यस विषयमा अनुसन्धान गर्न राष्ट्र बैङ्कले सम्पत्ति शुद्धीकरण विभागलाई पत्राचार गरेको थियो।

त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट जोडिएको विभिन्न कारोबारसम्बन्धी जानकारी गराउन आन्तरिक राजस्व विभागलाई पत्र पठायो।

विभागले खास गरी जगदम्बा स्टिल, हिमालयन रि, इन्फिनिटी होल्डिङ, आयुष्यमा नेपाल र अञ्जना नेपालबिचको कारोबारको कनेक्सन हेर्न भनेको थियो।

भ्रष्टाचारी विरुद्ध आक्रामक रूपमा देखिएको बालेन सरकारले यस अघि काँग्रेस नेता दीपक खड्कालाई पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गरी रहेको छ ।

२०४८ साल यता सार्वजनिक पदमा बसेका नेता तथा कर्मचारीहरूको सम्पत्ति शुद्धीकरण गर्ने सरकारले घोषणा गरी सकेको छ ।

Advertisement

त्यही अन्तर्गत पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानको प्रक्रिया अघि बढी सकेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top