×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

२५ चैत्र २०८२
२५ चैत , काठमाण्डौ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर हावाहुरीसहित वर्षाको अनुमान गरिएको  छ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।  आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधरणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भूभागमा केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 
आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा स्थानहरूमा तथा तराई भू भागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 
बुधबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा भारी वर्षा÷हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 
“गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा भारी वर्षा÷हिमपातको सम्भावना रहेको छ । मधेस, लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशको पहाडी र तराई भूभागमा केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ,“ विभागले भनेको छ । 
आज राति, देशभर साधारणतया बादल लाग्नेछ । कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, एक वर्षको अवधिमा देशभर सात हजार ५४७ विपद्का घटना भएका छन् । विपद्का कारण १३ हजार ५०४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बाढी, पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद् र विपद्जन्य घटनाका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ ।
सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीको घटना सबैभन्दा धेरै रहेको प्राधिकरणको विवरणमा उल्लेख छ ।  झन्डै एक वर्षको अवधिमा तीन हजार ६५२ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर मात्रै १०४ जनाको अकालमा ज्यान गएको छ ।
५६३ जना घाइते हुँदा चार हजार १८२ परिवार प्रत्यक्ष रूपमा पीडित भएका छन् ।  बाढीका कारण मात्रै ३२८ घटनामा ३९ जनाको निधन भएको छ । बाढीमा परेर २७ जना बेपत्ता हुँदा १४ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार, ६२१ पहिरोका घटनामा परेर ७६ जनाको ज्यान गएको छ ।
यस्तै, भारी वर्षाका ४४६ घटनामा परेर सातजनाको ज्यान गयो भने २० जना घाइते भए ।  त्यस्तै, ४१९ चट्याङका कारण ४८ जनाको ज्यान गयो । कुल ३१२ जना घाइते हुँदा ५२२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भए । हावाहुरीका ४७७, वन डढेलाका ३२४, जनावर आक्रमणका ५०९ तथा लेक लाग्नुका १३१ घटना भएका छन् ।
प्राधिकरणका अनुसार, यो विवरण गत वैशाख १ गतेदेखि यही चैत २४ गतेसम्मको हो । एक वर्षको अवधिमा विपद्मा मात्रै ४९० जनाको ज्यान जाँदा ३८ जना बेपत्ता भएका छन् । विपदका कारण एक हजार ९६५ जना घाइते भएका छन् ।
Advertisement

भर्खरको समाचार

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

सम्बन्धित खबरहरु

Scroll to Top