शेख हसिनाको बंगलादेश फर्किने घोषणाले दिल्लीदेखि ढाकासम्म हलचल

२७ असार , काठमाण्डौ ।

भारतमा शरण लिइरहेकी बंगलादेशकी पूर्व प्रधानमंत्री शेख हसिनाले आउँदो डिसेम्बरमा स्वदेश फिर्ता हुने घोषणा गरेकी छन् । उनको यो घोषणापछि बंगलादेशको राजनीतिमा भुकम्प आएको छ । शुक्रवार रोयटर्ससंगको एक अन्तर्वार्तामा हसिनाले चाहे उनलाई पक्राउ गरियोस वा मारियोस्, उनी अब आफ्नै देश फर्किने बताएकी थिइन् ।

७८ वर्षीया शेख हसिनाका विरोधीहरुले भने उनले यस्तो बयान देलिन् भन्ने सोचेका पनि थिएनन् । हसिनाका सबैभन्दा मुखर विरोधीहरुमध्ये एक रहेको नेशनल सिटिजन पार्टीले स्पष्ट शब्दमा भनेको छ कि यदी शेख हसिना फिर्ता आइन् भने उनको फिर्ता केबल मृत्युदण्डको सजाय कार्यान्वयनका लागि हुनुपर्छ ।

Advertisement

एनसीपीका मुख्य कोअर्डिनेटर नाहिद इस्लाम भन्छन्, बंगलादेशको अदालतले फैसला सुनाइसकेको छ । अब कुटनीतिक र कानूनी प्रक्रियाका माध्यमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउने र सजाय कार्यान्वयन गराउँने सरकारको जिम्मेवारी हो । उनले अगाडि भने, ‘देशले १६ वर्षसम्म भारी नोक्सानी झेलिसकेको छ । अब हामी चाहान्छौ कि उनी फर्किउन् तर मृत्युदण्डको सजाय लागू गर्नका लागि’

ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार नाहिद इस्लामले भने कि शेख हसीनाको फिर्ती कसरी हुन्छ, कहिले हुन्छ, उनले आत्मसमर्पण गर्छिन् कि गर्दिनन्, यसको फैसला बंगलादेश सरकारले गर्नेछ । उनले अगाडि भने यो मुद्दामा बंगलादेश र भारतका बीच वार्ता हुनेछ र सोही आधारमा अगाडिको कारबाही तय हुनेछ ।

Advertisement

यस्तै उनले शेख हसीनाको सार्वजनिक बयान पनि भारतको स्वीकृतिपछि नै आएको पनि दाबी गरेका छन । यद्यपि यो दाबीको समर्थनमा उनले कुनै प्रमाण भने दिएका छैनन् । तर नाहिदले चेतावनी दिएका छन् कि यदी शेख हसीना वा उनको पार्टी अवामी लीगलाई केंद्रमा राखेर राजनीतिक तनाव उत्पन्न गर्न खोजियो भने जुलाई आंदोलनमा सामेल भएका मानिसहरुले त्यसको जवाफ दिन तयार छन् ।

उनले आंदोलनमा सहभागी हजारौं घाइतेहरु र मारिएका नागरिकका परिवार पनि यो मुद्यामा एकजुट भएको दाबी गरेका छन् । यता रोयटर्सलाई दिएको अन्तर्वार्तामा शेख हसीनाले भनेकी छन् कि उनी डिसेम्बर आसपास बंगलादेश फर्किने योजना बनाइरहेकी छन् । उनले स्वदेश फर्किएपछि सरेंडर गर्ने पनि बताएकी छन ।

‘उनीहरुले मलाई गिरफ्तार गर्न सक्छन्, मलाई मार्न पनि सक्छन्, तर पनि म फर्किन चाहान्छु । यदी मृत्यु भएपनि आफ्नै देशको माटोमा होस्, जहाँ मेरा मातापिता दफन भएका छन्, उनले भनिन् । शेख हसीनालाई नोभेम्बर २०२५मा बंगलादेशको विशेष न्यायाधिकरणले मृत्युदण्डको सजाय सुनाएको थियो ।

सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि सत्ता गुमाएर शेख हसिना भारत पुगेकी थिइन् । विभिन्न कार्यकाल गरी करिब २० वर्षसम्म प्रधानमन्त्री रहेकी उनीमाथि आन्दोलन दबाउन घातक आदेश दिएको आरोप छ । बंगलादेशको युद्ध अपराध अदालतले गत नोभेम्बरमा उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । हसिनाले भने ती सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।

उनको सम्भावित स्वदेश फिर्तीले बंगलादेशको राजनीतिक ध्रुवीकरण थप तीव्र बनाउन सक्ने विश्लेषण गरिएको छ। अर्कातर्फ, हसिनालाई शरण दिएपछि चिसिएको भारत–बंगलादेश सम्बन्ध सुधार हुने सम्भावना पनि केही विश्लेषकहरूले औँल्याएका छन्। बंगलादेश सरकारले हसिनालाई सुपुर्दगी गर्न भारतसँग पटक–पटक आग्रह गर्दै आएको छ।

तर, हसिनाले आफूलाई भारतले पठाउनुअघि नै स्वेच्छाले फर्किने स्पष्ट पारेकी छन् । निर्वासनपछि पहिलो पटक विस्तृत अन्तर्वार्ता दिएकी हसिनाले आफ्नो स्वदेश फिर्तीबारे कुनै पनि विदेशी सरकारसँग छलफल नगरेको बताएकी छिन्। उनले फर्किने समयसीमा सार्वजनिक गरेको र अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेको यो पहिलो पटक हो।

हसिनासँगै स्वदेश फर्कने तयारीमा रहेका अवामी लिगका नेताहरूमध्ये पूर्वगृहमन्त्री असादुज्जमान खान कमाललाई पनि अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको छ। यद्यपि, अन्य नेताहरूको वर्तमान अवस्थाबारे स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

ढाका सरकारले हसिनाको यस भनाइबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । भारतको विदेश मन्त्रालयले पनि यो नयाँ अभिव्यक्तिबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। यसअघि अप्रिलमा भारतले बंगलादेशको सुपुर्दगी अनुरोधमाथि अध्ययन भइरहेको र नयाँ बंगलादेशी सरकारसँग रचनात्मक सम्बन्ध कायम राख्न चाहेको जनाएको थियो।

बंगलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानकी छोरी हसिना आफ्ना पिता र परिवारका अधिकांश सदस्यको सैनिक कू (सैन्य विद्रोह) मा हत्या भएपछि राष्ट्रिय राजनीतिमा उदाएकी थिइन् । प्रारम्भिक राजनीतिक जीवनमा लोकतन्त्र पुनःस्थापनाको अभियान चलाएकी हसिनाले बंगलादेशको अर्थतन्त्रलाई उल्लेखनीय रूपमा अगाडि बढाएको श्रेय पाएकी छिन्।

तर, लामो शासनकालमा विपक्षीमाथि दमन, अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण तथा लोकतान्त्रिक संस्थाहरू कमजोर बनाएको आरोप पनि उनीमाथि लाग्दै आएको छ। हसिनाले भने यी आरोपहरू निरन्तर अस्वीकार गर्दै आएकी छिन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top