२९ असार, काठमाण्डौ ।
फेव्रुअरी २०२२ मा जब रूसी सैनिकहरु यूक्रेनमा प्रवेश गरे, पश्चिमी देशहरुले सैंयौँ संदिग्ध रूसी जासूसहरुलाई देश निकाला गरे र क्रेमलिनसंग जोडिएका कम्पनीहरुमाथि पनि प्रतिबंध लगाएर आफ्नो कडा प्रतिक्रिया दिएका थिए । यसको मुख्य उद्देश्य मस्कोको गोप्य जानकारी जुटाउने क्षमता नष्ट गर्नु र हतियार उत्पादनका लागि आवश्यक माइक्रोचिप्स तथा ट्रांसमीटर जस्ता महत्वपूर्ण पाटपुर्जाहरुको आपूर्ति रोक्नु थियो ।
तर द न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार, पश्चिमाहरुले निकाला गरेका ती जासूसहरुमध्ये कयौंले एउटा यस्तो देशमा आफ्नो ठेगाना जमाए, जसको कल्पना पनि सायदै कसैले गरेका थिए होलान । र त्यो देश हो जापान । जापानको खुकुलो वा कमसल जासूसी कानून र यसको उन्नत टेक्नोलोजी क्षेत्र रुसको सैन्य आवस्यकताहरुका लागि एक महत्वपूर्ण स्रोत बन्न पुग्यो ।
यूक्रेनी सरकारको अनुमान अनुसार लगभग ९० प्रतिशत रूसी मिसाइलहरु र ड्रोनहरुमा जापानमा बनेका पाटपुर्जाहरुको प्रयोग गरिएको छ । जापानमा रहेको सिंगो नेटवर्कको केंद्रमा रूसको सैन्य गुप्तचर इकाईको २०औं डायरेक्टोरेट रहेको छ, जसको बारेमा बाहिर निकै कममात्रै जानकारी आएको छ ।
पश्चिमी गुप्तचर एजेन्सीहरुको वर्तमान र पूर्व अधिकारीहरुका अनुसार, यो इकाईका अधिकारी कुटनीतिक वा व्यवसायीहरुको भेषमा काम गर्दछन् । उनीहरुले युद्धक्षेत्रसंग जोडिएको संवेदनशील प्रविधिहरु हासिल गर्छन् वा कपि गर्छन् अनि रुसमा तस्करी गर्ने गरेको पनि दाबी गरिएको छ ।
टोक्योमा यो सिंगो अपरेशन चलाउने मुख्य व्यक्तिको पहिचान मक्सिम भ्लादिमीरोभिच फिलचेनकोभका रुपमा गरिएको छ, जो रूसी सरकारी एयरलाइन एअरोफ्लोतमा काम गर्ने ९कम्तिमा पनि बाहिर देखाउनका० लागि भनिएको छ । यो कथित सप्लाई चेनको मानवीय मूल्य निकै भयानक रहेको छ ।
रिपोर्टका अनुसार, मेमा एक रूसी केएच–१०१ क्रूज मिसाइल किभमा एक आवासीय भवनमा ठोक्किएको थियो, जसमा कम से कम २४ जना मारिएका थिए । सो घटनाको अनुशन्धानकर्ताहरुले मिसाइलको गाइडेंस सिस्टमको भग्नावशेषमा जापानी पाटपुर्जा फेला परेका थिए, जबकि ती पाटपुर्जाहरुको रूस निर्यातमा कडा प्रतिबंध लागू भएको छ ।
एनवाईटीका अनुसार, ४९ वर्षीय फिलचेनकोभले फेब्रुअरी २०२४मा टोक्योमा आफ्नो पद सम्हालेका थिए । यो त्यो समय थियो जतिबेला युद्ध ड्रोनहरुतर्फ मोडिसकेको थियो र रूसलाई नयाँ प्रविधिको निकै खाँचो थियो । चीनले केही सहयोग त गरेको थियो तर पश्चिमी प्रतिबंधहरुका कारण रूसलाई विशेष मेसिन टूल्स र इलेक्ट्रोनिक्सको भारी कमी भइरहेको थियो ।
रूसको सैन्य गुप्तचर एजेंसीका एक अनुभवी अधिकारीका रूपमा, फिलचेनकोभले पहिला पनि जापान आफ्ना सेवाहरु दिइसकेका थिए । उनले जापान र रूसका बीच मालसामान शिपिंग गर्ने लजिस्टिक्स कम्पनीहरुका साथ राम्रो सम्बन्ध बनाएका थिए ।
सो बेला पनि पश्चिमी अधिकारीहरुले यस्ता सम्बन्धको फाइदा उठाएर जासूसहरुले झूटो बाहाना बनाएर र कहिले काँही नक्कली शिपिंग कागजातहरुको प्रयोग गरेर संवेदनशील प्रविधिहरु किन्न सक्ने चेतवानी दिएका थिए । जापान युद्ध र अन्य प्रयोजनका लागि प्रयोग हुने अर्थात डुअल–यूज प्रविधिको विश्वकै सबैभन्दा ठूलो निर्यातक हो ।
र यहाँबाट सिधै रूस पठाउनुको साटो तस्करले भियतनाम जस्तो तेस्रो देशहरुका माध्यमले सामान रुसमा पठाउने गरेका छन्, जो मस्कोका साथ व्यापार गर्न इच्छुक छन । यद्यपि एअरोफ्लोतलाई जापानमा औपचारिक रूपले ब्लाकलिस्टमा राखिएको छैन ।
तर पाटपूर्जाहरुको कमीका कारण त्यहाँ उनको संचालन बंद भइसकेको छ, तर पनि उनका बिजनेस पार्टनरहरु अहिले पनि सक्रिय रहेको बताइन्छ । यूक्रेनले जापानी विदेश मंत्रालयसामु यो मुद्दालाई पटक पटक उठाएको छ । अप्रिल २०२५ मा मात्रै होइन किभले कम से कम आठ औपचारिक कुटनीतिक पत्र पठाइसकेको छ, जसमा नागरिकहरुमाथि भएको हमलाहरुमा प्रयोग भएका रुसी हतियारहरुमा जापानी पाटपूर्जाहरु भेटिएको प्रमाण पनि पेश गरेको थियो ।
वर्षभरीमा गरी युक्रेनले थप आठ पत्र पठाएको थियो, जसमा सर्किट बोर्ड, ट्रांसमीटर र सेमीकंडक्टर जस्ता फेला परेका पाटपुर्जाहरुको तस्वीर र सूचि सामेल गरेको थियो । यूक्रेनका कागजातहरुमा निप्पन इलेक्ट्रिक कर्पोरेशन, पानासोनिक र तोशिबा जस्ता जापानी कम्पनीहरुको नाम सामेल छ ।
यद्यपि रिपोर्टमा कसैले पनि जानीबुझिकन रुसलाई हतियार सिधा आपूर्ति गरेको कुनै प्रमाण नभेटिएको पनि बताइएको छ । उता यी सबै कम्पनीहरुले पनि आफूमाथि लगाइएको आरोप वा आफ्नो नाम जोडिएकोमा अस्वीकार गरेका छन्। आफूहरुले जापानको निर्यात नियमहरुको पालना गर्ने गरेको उनीहरुले बताएका छन् ।
निप्पनले स्पष्टसंग भनेको छ कि जुन पाटपूर्जाहरुको कुरा गरिएको छ ति निकै पुराना हुन् र वर्षौ पहिला नै बेचिसकिएका थिए । जापानको अर्थव्यवस्था, व्यापार र उद्योग मंत्रालयले भनेको छ कि उसले प्रतिबंधहरुबाट बच्न खोज्ने कम्पनीहरुलाई चेतावनी जारी गरेको छ रूसलाई सहयोग गर्ने दर्जनौं विदेशी संस्थाहरुलाई पनि ब्लाकलिस्टमा राखेको छ ।
द्वितीय विश्व युद्धपछि आफ्नो गोप्य सेवाहरुमा लागेको प्रतिबंधहरुका कारण, जापानलाई लामो समयदेखि विदेशी जासूसहरुका लागि एउटा सहज ठेगाना मानिन्छ ।जापानमा अहिले पनि कुनै समर्पित विदेशी गुप्तचर एजेंसी छैन, तर जापानी अधिकारीहरु यो खतरासंग अवगत रहेका छन् र गोप्य जानकारी जुटाउने दशकौं पुरानो सीमाहरु हटाउनका लागि पनि काम गरिरहेको छ ।
यी जासूसी आरोपहरुका बावजूद जापानले यूक्रेनलाई निकै समर्थन गरेको छ । उसले हमला सुरु भएकै दिन रूसविरुद्ध पश्चिमी देशहरुको प्रतिबंधको समर्थन गरेको थियो र पछि बुलेटप्रूफ ज्याकेट, हेलमेट जस्ता सैन्य आपूर्ति पठाएर आफ्नो पुरानो नीतिहरु बदलेको थियो ।
वर्तमान प्रधानमंत्री सानाए ताकाइचीको नेतृत्वमा, जापानले अवैध निर्यातलाई रोक्न र जासूसीको सामना गर्नका लागि आफ्नो गुप्तचर क्षमताहरुलाई मजबूत पार्नका लागि एउटा नयाँ कार्यक्रम पनि सुरु गरेको छ । यी सबै घटनाक्रमहरुबारे आफ्ना धारणा अवस्यक व्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।




