१८ साउन , काठमाण्डौ ।
देशका मध्य र पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा आज विहानैदेखि पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टाको विवरणअनुसार गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ ।
तनहुँमा सबैभन्दा धेरै ५२.४ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले पनि धेरै ठाउँमा पानी परिरहेको र थप वर्षा हुने सम्भावना रहेकोले ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

आज दिउँसो पनि पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।दर्शकवृन्द नमस्कार । देशभर मनसुनी वायुको प्रभाव, बागमती र गण्डकीका केही स्थानमा अति भारी वर्षाको जोखिम काठमाडौँःहाल नेपालमा देशव्यापी रूपमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सर्दै नेपालको तराई भूभागनजिक आइपुगेको छ।
यस प्रणालीको प्रभावका कारण अहिले देशका अधिकांश भूभागमा साधारणतयादेखि पूर्ण बदली (आकाश सामान्यतया बादलले ढाकिएको) रहेको छ भने विभिन्न प्रान्तहरूमा वर्षा भइरहेको छ।
महाशाखाको पछिल्लो विवरण अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने सुदूरपश्चिम प्रदेशका पनि एक–दुई स्थानमा वर्षा जारी रहेको छ।
वायुको यो सक्रिय स्थितिका कारण आज दिनभर नै देशको मौसम प्रभावित हुने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिनभर देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको प्रबल सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा पानी पर्नेछ भने मधेस प्रदेशका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको आकलन गरिएको छ।
आजको मौसममा ध्यान दिनुपर्ने पक्ष भनेको केही विशेष प्रदेशहरूमा रहने भारी वर्षाको जोखिम रहेको बताइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ भने विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यसले ती क्षेत्रका स्थानीय जनजीवन र यातायात प्रणालीमा समेत असर पार्न सक्ने देखिन्छ। रात्रिको समयको मौसम अवस्था आज राति पनि देशभर साधारणतया बदलीको स्थिति कायम रहनेछ।
देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको निरन्तरता रहनेछ । विशेषगरी रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेश प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना बलियो छ।
यसबाहेक कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानहरूमा समेत वर्षा हुने अनुमान गरिएको छ। देशका विभिन्न भूभागमा, विशेषगरी बागमती र गण्डकी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना रहेकोले मौसमविद् तथा विज्ञहरूले नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने, पहिरो तथा गेग्रान बहाव जान सक्ने उच्च जोखिम औँल्याएका छन ।
त्यसैले पहाडी तथा हिमाली क्षेत्रका यात्रा गर्ने यात्रुहरू, नदी किनारका बासिन्दाहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले विशेष अनुरोध गरेको छ।
यसैबीच म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार हिजो र आज साँझ ७ देखि भोलिपल्ट बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो ।
बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । यस सडक भएर मानिस मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्छन् । पश्चिम म्याग्दीलाई सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक पनि दुई दिन रातिको समयमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।




