दुई समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए बचत फिर्ता, ऋण असुली पनि तीव्र

१८ साउन ८३, मंगलबार

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ तथा पशुपति सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।

Advertisement

समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना र पशुपति सहकारीका ७ जना गरी कुल ३४१ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीका अनुसार सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी प्राप्त रकमबाटै पीडित बचतकर्तालाई रकम फिर्ता गरेको हो।

यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन १ देखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट ऋण असुली गरेको जनाएको छ।

Advertisement

समितिका अनुसार पहिलो चरणमा न्यून बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। आगामी चरणमा पनि बचत रकमको आधारमा वर्गीकरण गरी क्रमशः अन्य बचतकर्तालाई समेत रकम फिर्ता गरिनेछ।

मन्त्रालयले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमका आधारमा सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनअनुसार निरन्तर रूपमा बचत फिर्ता गर्ने कार्य भइरहेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top