एक साताभित्र २० राजदूत नियुक्त गर्ने सरकारको तयारी

 

Advertisement

काठमाडौं । सरकारले एक साताभित्र रिक्त रहेका कूटनीतिक नियोगमा राजदूत नियुक्त गर्ने तयारी गरेको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार हाल २० वटा नियोगमा राजदूत नियुक्त गर्नुपर्ने अवस्था छ। नेपालका विभिन्न देशमा २८ वटा राजदूतावास रहेका छन्। त्यस्तै, न्यूयोर्क, जेनेभा र भियनामा संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग रहेका छन्। यसबाहेक ८ वटा महावाणिज्यदूतावास र ३० वटा कूटनीतिक नियोग सञ्चालनमा छन्।

सरकारले चालु आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कस्थित नेपाली राजदूतावास बन्द गरेको छ।हाल न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) मा राजदूत कार्यरत छन्। यस्तै, अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरेबिया, श्रीलंका, बेलायत, अमेरिका र स्पेनस्थित नेपाली राजदूतावासमा राजदूत पद रिक्त छ।

Advertisement

यी १६ रिक्त नियोगका अतिरिक्त चारवर्षे कार्यकाल पूरा गरेर केही समयका लागि म्याद थप गरी कार्यरत इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार तथा संयुक्त राष्ट्रसंघीय नियोग भियनासहित कुल २० वटा नियोगमा नयाँ राजदूत नियुक्त गर्नुपर्ने भएको छ।

सरकारले यसअघि नै खुला प्रतिस्पर्धामार्फत राजदूत छनोट गर्ने घोषणा गरिसकेको छ। सोही प्रक्रियाअनुसार एक साताभित्र नयाँ राजदूत छनोट गरिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top