×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

लामो दूरीका बसमा अब ‘लगेज ट्याग’ अनिवार्य

९ जेष्ठ २०८३

९ जेठ , काठमाण्डौ।

लामो दूरीका बसमा आउँदो जेठ १५ गतेदेखि लागू हुने लगेज ट्याग प्रणालीलागू गरिने भएको  छ । विशेषगरी काठमाडौँ उपत्यकाबाट सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधनमा अब यात्रुको सामान व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउन ‘लगेज ट्याग प्रणाली’ लागू गरिने भएको हो ।

Advertisement
Advertisement

यात्रुको झोला हराउने, साटिने तथा चोरी हुने समस्या न्यूनीकरण गर्ने उद्देश्यसहित नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो ।यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ ।

सम्झौतामा ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार आगामी जेठ १५ गतेदेखि लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुका सामानमा अनिवार्य रूपमा नम्बरयुक्त वा कोडसहितको विशेष ट्याग प्रयोग गरिनेछ ।

बसमा राखिएको सामान र यात्रुलाई दिइएको ट्याग नम्बर मिलाएपछि मात्रै गन्तव्यस्थलमा लगेज हस्तान्तरण गरिने व्यवस्था लागू गरिने बताइएको छ । नयाँ प्रणालीले सार्वजनिक यातायात क्षेत्रमा देखिँदै आएको लगेज सुरक्षासम्बन्धी समस्यालाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार सार्वजनिक बस सेवामा यात्रुको झोला हराउने, चोरी हुने, साटिने तथा शंकास्पद गतिविधि हुने गुनासो बढिरहेका बेला सुरक्षा र व्यवस्थापनलाई बलियो बनाउन यस्तो प्रणाली आवश्यक ठानिएको हो ।

उनका अनुसार यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्य गरी यो अभ्यास सुरु गर्न लागिएको हो । प्रारम्भिक चरणमा लामो दूरीका बसमा लागू गरिने यो प्रणाली प्रभावकारी देखिए भविष्यमा थप विस्तार गर्न सकिने संकेतसमेत दिइएको छ ।

राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हवाई सेवामा प्रयोग हुँदै आएको लगेज व्यवस्थापन अभ्यासलाई अब सार्वजनिक बस सेवामा पनि लागू गर्न लागिएको बताए । उनका अनुसार लामो समयदेखि यात्रुको सामान हराउने, गलत व्यक्तिले लैजाने वा झोला साटिने समस्या यातायात क्षेत्रको चुनौती बन्दै आएको थियो ।

व्यवसायीहरूको भनाइमा विशेषगरी चाडपर्व, अत्यधिक भीडभाड हुने समय तथा रात्रीकालीन यात्राका क्रममा लगेज हराएको गुनासो बढी आउने गरेको छ । कतिपय अवस्थामा सार्वजनिक सवारी साधनको प्रयोग गरी अवैध सामग्री ओसारपसार हुने जोखिमबारे पनि सुरक्षा निकायले चासो व्यक्त गर्दै आएका थिए ।

नयाँ ट्याग प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने विश्वास गरिएको छ । प्रणालीअन्तर्गत टिकट काउन्टर वा बस प्रस्थानस्थलमै यात्रुको सामानमा विशेष ट्याग जडान गरिनेछ । सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ र अन्तिम गन्तव्यमा पुगेर नम्बर प्रमाणीकरण भएपछि मात्रै सामान बुझाइने व्यवस्था मिलाइनेछ ।

ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा यो प्रणालीलाई थप प्रविधिमैत्री बनाउने तयारीसमेत भइरहेको छ । आवश्यकताअनुसार क्युआर कोड, डिजिटल अभिलेख वा अनलाइन ट्र्याकिङ प्रणालीसमेत समावेश गर्न सकिने योजना रहेको जनाइएको छ ।

Advertisement
Advertisement

सार्वजनिक यातायात क्षेत्रमा सुरक्षामुखी नयाँ अभ्यासका रूपमा हेरिएको लगेज ट्याग प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भए यात्रुको विश्वास बढ्ने, सामान सुरक्षामा सुधार आउने र सार्वजनिक यातायात सेवा थप व्यवस्थित तथा भरपर्दो बन्ने अपेक्षा गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top