२० साउन , काठमाण्डौ ।
नेपाली अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले नयाँ अल्टिमा बास ४२० हेडफोन सार्वजनिक गर्ने भएको छ। कम्पनीले उक्त हेडफोन यही अगस्ट ८ देखि नेपाली बजारमा बिक्रीका लागि उपलब्ध गराउने जनाएको छ।


कम्पनीका अनुसार बास ४२० हेडफोनमा शक्तिशाली साउन्ड, ६० घण्टासम्मको ब्याट्री ब्याकअप र दैनिक प्रयोगका लागि आरामदायी डिजाइन उपलब्ध गराइएको छ।

संगीत सुन्न, चलचित्र हेर्न, गेम खेल्न तथा कलिङका लागि उपयुक्त हुने गरी उत्पादन विकास गरिएको कम्पनीको भनाइ छ।

हेडफोनमा ४० एमएम डायनामिक ड्राइभर, ब्लुटुथ ५.४, २० मिलिसेकेन्ड लो लेटेन्सी गेम मोड तथा इन्भाइरोन्मेन्टल न्वाइज क्यान्सलेसन ENC जस्ता सुविधा समावेश गरिएको छ।

साथै नरम इयर कुशन, एड्जस्टेबल तथा फोल्डेबल डिजाइन, भ्वाइस असिस्टेन्ट सपोर्ट, डुअल डिभाइस पेयरिङ, ब्ग्ह् प्लेब्याक र क्ष्एह्४ स्वेट तथा स्प्लास रेसिस्टेन्स जस्ता विशेषता पनि रहेका छन्।

कम्पनीले अगस्ट ७ बेलुका ८ बजे आफ्नो आधिकारिक वेबसाइट र दराजमार्फत अनलाइन लन्च गर्ने जनाएको छ। लन्च अफरअन्तर्गत प्रत्येक प्लेटफर्मका पहिलो १९ जना ग्राहकले हेडफोन १९ रुपैयाँमै खरिद गर्न सक्नेछन्।

उक्त अफर सकिएपछि अर्को १९ जना ग्राहकले ४९९ रुपैयाँमा हेडफोन खरिद गर्ने अवसर पाउनेछन्। त्यसैगरी, अगस्ट ८ मा अल्टिमा लाइफस्टाइलका ९ वटा आधिकारिक आउटलेटमध्ये प्रत्येक आउटलेटका पहिलो तीन जना ग्राहकले पनि हेडफोन १९ रुपैयाँमै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

विशेष अफर समाप्त भएपछि हेडफोनको आधिकारिक बिक्री मूल्य २ हजार ९९९ रुपैयाँ हुनेछ।

कम्पनीका अनुसार बास ४२० हेडफोन अगस्ट ७ देखि आधिकारिक वेबसाइट र दराजमार्फत तथा अगस्ट ८ देखि कम्पनीका आधिकारिक आउटलेटमा उपलब्ध हुनेछ।

यसबाहेक हुकुट, जीभी, फोनपोइन्ट्स र पठाओ बजारमार्फत पनि ग्राहकले उक्त हेडफोन खरिद गर्न सक्नेछन्।

अल्टिमा लाइफस्टाइल नेपालमा अडियो, वेयरेबल तथा अन्य प्रविधिसम्बन्धी उपकरण उत्पादन र बिक्री गर्दै आएको ब्रान्ड हो।

कम्पनीले गुणस्तरीय उत्पादन किफायती मूल्यमा उपलब्ध गराउनुका साथै बिक्रीपछिको सेवामा पनि जोड दिँदै आएको जनाएको छ।







