ओलीलाई कोशीका मुख्यमन्त्रीको चुनौती,पार्टीबाटै निर्णय गर्नुस्

१९ साउन ८३, बुधबार

२० साउन , काठमाण्डौ ।

Advertisement

कोशी र बागमती प्रदेशमा हालै विकसित भएका राजनीतिक घटनाक्रम, पार्टीभित्रको आन्तरिक विवाद र प्रदेश सरकारको नेतृत्व व्यवस्थापनलाई लिएर देखिएका विभिन्न दृष्टिकोणहरूले अहिले राष्ट्रिय राजनीतिमा व्यापक चासो र गम्भीर बहस उत्पन्न गराएका छन्।

दुवै प्रदेशमा देखिएका यी गतिविधिहरूले नेकपा एमालेभित्रको साङ्गठनिक अभ्यास, शीर्ष नेतृत्वको कार्यशैलीको उजागर गरेका छन्। कोशी प्रदेशको सन्दर्भमा, मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कार्यकाल र त्यसको निरन्तरताबारे पार्टीभित्र विभिन्न कोणबाट बहस र विमर्श भइरहेको छ।

Advertisement

कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन चाहेपनि मुख्यमन्त्रीको अडानले ओली कमजोर देखिएका छन् । मुख्यमन्त्री कार्कीले पार्टीकै नेताहरूले आफूलाई राजीनामा दिन भने पनि आफूले नेताहरूको आग्रह अस्वीकार गरेको बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको सन्देश लिएर आफूहरूले कार्कीलाई भेटेको नेकपा एमालेका सचिव शेरधन राईले बताएका छन् । साउन ९ गते नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले सातमध्ये पाँच वटा प्रदेश सरकारको नेतृत्वमा एकअर्कालाई सघाउने सहमति गरेका थिए।

Advertisement

सहमतिअनुसार कोशी प्रदेश एमालेको भागमा परेको थियो। त्यही सहमति कार्यान्वयनका लागि नेतृत्वको सन्देश लिएर आफू कोशी प्रदेश पुगेको कोशीका पूर्वमुख्यमन्त्री तथा पार्टीको कोशी इन्चार्जसमेत रहेका राईले बताए। एमालेका सचिवसमेत रहेका मुख्यमन्त्री कार्कीले चाहिँ ’पार्टीले आफूलाई राजीनामा दिन नभनेको’ तर नेताहरूले मात्रै भनेको दाबी गरेका छन्।

अहिले आफूले ’राजीनामा दिन पर्ने आवश्यकता’ नरहेको जवाफ राईलाई दिएको कार्कीले बताएका छन् । यही परिस्थितीमा मंगलबार ओली र मुख्यमन्त्री कार्कीबीच वान टु वान छलफल भएको छ। जहाँ कोशीका मुख्यमन्त्री कार्कीले एमालेको सस्थागत निर्णयबाट आफूलाई हटाउन भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन्।

अध्यक्ष ओली र मुख्यमन्त्री हिक्मत कार्कीबीच मंगलबार साँझ गुन्डुमा भएको भेटमा कार्कीले पुनः आफ्नो पुरानै अडान दोहो¥याएका हुन्। एमाले स्रोतका अनुसार ओलीसँगको भेटमा कार्कीले आफ्नो नेतृत्वमा रहेको सरकारमा मुख्यमन्त्री परिवर्तनको औचित्यमाथि नै प्रश्न उठाएका थिए।

केही महिनामै प्रदेश सरकारको कार्यकाल सकिने अवस्थामा आफूलाई किन हटाउन खोजिएको हो भन्ने प्रश्न उनले अध्यक्ष ओलीसमक्ष राखेका थिए। ’अहिले केही महिना मात्रै बाँकी छँदा मैले मुख्यमन्त्री किन छोड्नुपर्ने? म बदनाम बनेँ कि? मैले केही काम गर्न सकिनँ कि?,’ कार्कीले ओलीलाई भनेको कुरा उद्धृत गर्दै एक नेताले भने।

भेटमा कार्कीले एमालेभित्र पछिल्लो समय उठिरहेको संस्थागत निर्णय प्रक्रियाको मागलाई बेवास्ता गर्न नसकिने बताएका थिए। ’पहिला तपाईंले कमिटीको अधिकार प्रत्यायोजन गरेर निर्णय गर्नुहुन्थ्यो। अहिले कमिटीमार्फत निर्णय गरौं। त्यसले संस्थागत अभ्यास बलियो बनाउँछ,’ कार्कीले ओलीलाई भनेका थिए।

कार्कीले पार्टीको कमिटीले औपचारिक निर्णय गरे त्यसलाई आफूले तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएका थिए। ’संस्थागत निर्णय भएपछि म एक सेकेन्ड पनि पदमा बस्दिनँ,’ उनले ओलीसमक्ष भनेका थिए। मुख्यमन्त्री कार्कीसँग भेट्नुअघि अध्यक्ष ओलीले एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडासँग छुट्टै छलफल गरेका थिए।

त्यसपछि मुख्यमन्त्री कार्कीलाई बोलाएर नेतृत्व परिवर्तनको विषयमा प्रत्यक्ष संवाद भएको एमाले स्रोतले जनाएको छ। ओलीले कोशीमा नेतृत्व परिवर्तन गरेर संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरिरहेका छन्।

यहीबेला मुख्यमन्त्री कार्कीले भने आफू पार्टीको औपचारिक निर्णयबाहेक राजीनामा नदिने अडान कायम राखेका छन्। ओलीले आज कोशी प्रदेशका पदाधिकारी, मुख्यमन्त्री कार्कीसहित प्रदेश नेतृत्वसँग सामूहिक छलफल गर्ने कार्यक्रम तय भएको छ।

प्रदेशसभाको मुख्यमन्त्रीको कार्यकाल एक वर्षजस्तो मात्रै बाँकी रहेका कारण सरकार परिवर्तन गरिरहन नहुने भनाइ कार्कीको छ। कार्कीले राजीनामाका लागि पार्टीबाट संस्थागत निर्णयको माग गरेका छन्। तर पार्टीभित्रै आन्तरिक दबाव सामना गरिरहेका एमाले अध्यक्षले प्रदेश सरकार परिवर्तनबारे छलफलका लागि पार्टीको कुनै बैठक नराखेको नेताहरूले बताएका छन्।

कोशी प्रदेशमा एक दशकमा नौ पटक मुख्यमन्त्री फेरिँदा पाँच पटक नेकपा एमालेकै मुख्यमन्त्री भएका छन्। यसअघि ओलीनिकट मानिने कार्की यसअघि दुई पटक गरी करिब नौ महिना मुख्यमन्त्री भएका थिए। एउटै चुनाव क्षेत्रका ओली र कार्कीको सम्बन्ध गएको प्रतिनिधिसभा निर्वाचनबाट अझै टाढिएको बताइन्छ ।

मुख्यमन्त्री कार्कीले आफूलाई हटाउने योजना पार्टी नेतृत्वभन्दा पनि प्रदेश समितिको रहेको आशङ्का व्यक्त गरेका छन्। प्रदेश समिति अध्यक्ष खतिवडा र इन्चार्ज राई दुवै जना ओली निकट नेताहरू रहेको बताइन्छ। तर राईले भने आफ्नो व्यक्तिगत चाहना नभई पार्टी नेतृत्वको सन्देश लिएर आफू कोशी पुगेको बताउदै आएका छन् ।

मुख्यमन्त्री कार्कीले राजीनामा नदिएपछि राईले मुख्यमन्त्रीबाट कार्कीलाई हटाउने विषयमा विराटनगरमा प्रदेश सांसदहरूसँग छलफल गरिरहेका छन् । संविधानको धारा १६८(५) अन्तरगत मुख्यमन्त्री बनेका कार्कीले राजीनामा नदिएसम्म नयाँ मुख्यमन्त्री नियुक्तिको बाटो नदेखिएकाले ओलीको निर्देशन कार्यान्वयनमा समस्या देखिएको छ ।

यसअघि मुख्यमन्त्री कार्कीलाई संसदीय दलको नेताबाट हटाउने तयारी भएको थियो । दलको नेताबाट हटाउँदैमा मुख्यमन्त्री पद नजाने भएपछि अहिले कसरी मुख्यमन्त्री फेर्ने भन्ने विषयमा एमालेमा किचलो देखिएको छ । कोशी प्रदेशमा अहिले नेकपा एमालेको नेतृत्वमा नेपाली कांग्रेससँग गठबन्धन सरकार छ।

ओली र प्रचण्डबीच एमाले नेतृत्वमा नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन सरकार बनाउने सहमति भएको छ।सोही सहमतिको मर्म अनुसार कोशी प्रदेशमा नयाँ अनुहारलाई अवसर दिने वा वर्तमान नेतृत्वलाई नै निरन्तरता दिने भन्ने विकल्पहरूमाथि पार्टीका विभिन्न तहमा गम्भीर छलफल चलिरहेको छ।

यसैगरी, बागमती प्रदेश सरकारको गठनको प्रक्रिया र आगामी राजनीतिक रणनीतिको तयारीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवासमा भएको विशेष बैठकले पनि राजनीतिक वृत्तमा ठूलै चर्चा र चासो बटुलेको छ। उक्त उच्चस्तरीय बैठकमा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियासहित १७ जना प्रदेश सांसदहरू सहभागी थिए।

बैठकको मुख्य उद्देश्य बागमती प्रदेशमा सरकार गठनका लागि आवश्यक पर्ने बहुमतको संख्या पु¥याउन अन्य साना तथा दलहरूसँगको सहकार्य र गृहकार्यलाई कसरी थप प्रभावकारी बनाउने भन्ने नै रहेको थियो। सोही बैठकमा नेता थपलिया अचानक ढलेका थिए।

उनी बेहोस भएपछि बैठकमा उपस्थित अन्य नेताहरूले तत्काल उनलाई सहयोग पु¥याउँदै उपचारका लागि मध्यपुर थिमि अस्पताल लगेका थिए। ओलीसहितका नेताको दबाबपछि उनी बेहोस भएको एमालेकै नेताहरु दाबी गर्छन। तर छलफलमा सहभागी भएका एमाले सचिव बस्नेतले भने उक्त दाबीको खण्डन गरेका छन् ।

गत शुक्रबार मात्रै ओली र महासचिव शंकर पोखरेलले थपलियालाई नै मुख्यमन्त्री बनाउने र संसदीय दलको नेता नफेर्ने सहमति गरेका थिए । तर, किरण थापाले राप्रपाका केही सांसदलाई समेत गुण्डु पु¥याएर आफूले बहुमत पु¥याउने दाबी गरेपछि परिस्थिति बदलिएको बताइन्छ।

अध्यक्ष ओलीले जसले बहुमत पु¥याउन सक्छ, उसैले नेतृत्व गर्ने गरी खुल्ला संवाद गर्न निर्देशन दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top