फ्याक्ट्स नेपालको अनुसन्धानमूलक पुस्तक ‘FACTS of NEPAL 2026’ सार्वजनिक

२१ साउन ८३, बिहीबार

काठमाडौं — फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स (फ्याक्ट्स नेपाल) ले ‘FACTS of NEPAL 2026’ को ११औँ संस्करण सार्वजनिक गरेको छ। नेपालको राष्ट्रिय, आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थाबारे तथ्यमा आधारित जानकारी उपलब्ध गराउने उद्देश्यले उक्त प्रकाशन तयार पारिएको संस्थाले जनाएको छ।

Advertisement

संस्थाका अनुसार २०२६ संस्करणले प्रकाशनको दीर्घकालीन अनुसन्धान परम्परालाई निरन्तरता दिँदै ‘रङ्गीन अर्थतन्त्र’ (Color Economy) को अवधारणामा आधारित १० वटा विषयगत खण्डमार्फत महत्वपूर्ण तथ्य र विश्लेषण प्रस्तुत गरेको छ।

११औँ संस्करणले नेपालको राष्ट्रिय, आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको तथ्याधारित चित्र प्रस्तुत गर्ने

यस संस्करणमा राष्ट्रिय तथा प्रादेशिक प्रोफाइल, Green Economy, White (Formal) Economy, Purple Economy, Gold Economy, Red Economy, Orange Economy, Grey Economy, Political Economy तथा फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स सम्बन्धी विशेष खण्ड समावेश छन्। प्रत्येक खण्डले नेपालको प्रमुख क्षेत्र तथा विकासका प्राथमिकताबारे सन्दर्भगत र विश्लेषणात्मक जानकारी समेटेको छ।

Advertisement

प्रकाशनमा कृषि, प्राकृतिक स्रोत, स्वास्थ्य, सामाजिक कल्याण, वित्त, बैंकिङ, व्यापार, उद्योग, पूर्वाधारलगायतका क्षेत्रका तथ्यांक र विश्लेषण समावेश गरिएको छ। संस्थाका अनुसार यी विषयगत खण्डहरूले नेपालको आर्थिक तथा सामाजिक प्रणालीबारे संरचित र तथ्याधारित बुझाइ विकास गर्न सहयोग पुर्‍याउनेछन्। ‘अर्थतन्त्रका रङ’ भन्ने अवधारणाले विभिन्न आर्थिक क्षेत्र, प्रणाली तथा विकासका चरणहरूलाई रूपकात्मक रूपमा वर्गीकरण गरेको छ।

सन् २०१२ मा स्थापना भएको फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स प्रालिले Retail Audit Services (RAS), Customized Research, Media Outreach तथा Campaign Strategy का क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले टेलिभिजन, पत्रपत्रिका, जर्नल तथा अनलाइन माध्यमसँग सहकार्य गर्दै तथ्यांक तथा सूचनालाई अनुसन्धान, विश्लेषण र इन्फोग्राफिक्समार्फत सार्वजनिक गर्दै आएको जनाएको छ।

Advertisement

‘FACTS of NEPAL 2026’ को मूल्य ५०० रुपैयाँ तोकिएको छ। यो पुस्तक Kathalaya को वितरण साझेदारीमार्फत देशभरका प्रमुख पुस्तक पसलमा तथा thuprai.com मार्फत अनलाइन उपलब्ध हुने जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top