काठमाडौं — सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले दायर गरेको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्ने निर्णय गरेको छ।
पुनरावलोकन निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलास गठन गरेको थियो।
उक्त पूर्ण इजलासले पुनरावलोकन निवेदनमा सुनुवाइ हुने आदेश दिएसँगै अब मुद्दाको पुनरावलोकन प्रक्रिया अघि बढ्ने भएको छ। गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापा नेतृत्वकाे कार्यसमितिलाई अदालतले मान्यता दिएको थियो । उक्त आदेश सच्याउन माग गर्दै तत्कालीन सभापती देउवा वारेसमार्फत गत साउन ७ गते अदालत गएका थिए ।




