विश्वास, निष्पक्षता र जिम्मेवार पत्रकारिताको ९ वर्ष

२४ साउन ८३, आइतबार

२४ साउन , काठमाण्डौ ।

Advertisement

समाचार र सूचनाको विश्वसनीय संवाहकका रूपमा नेपाल टाइम्सले नौ वर्षको यात्रा पूरा गर्दै एक दशकतर्फ पाइला चालेको छ। यो यात्रा केवल हाम्रो संस्थाको मात्र होइन, देश र विश्वले भोगेका अनेक उतारचढावको पनि साक्षी हो। यस अवधिमा नेपालले प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता, कोभिड–१९ महामारी, आर्थिक चुनौती र सामाजिक रूपान्तरणका अनेक चरण पार ग¥यो।

अन्तर्राष्ट्रिय जगतमा सैन्य द्वन्द्व, व्यापार युद्ध र महाशक्ति राष्ट्रबीच बदलिँदो शक्ति सन्तुलनले विश्व व्यवस्थालाई नयाँ मोड दियो। विशेषगरी नेपालसहित दक्षिण एसियामा युवाहरूको आन्दोलनले नयाँ राजनीतिक र सामाजिक इतिहास कोर्याे । यी सबै घटनाक्रमका प्रत्यक्ष साक्षी र संवाहक बन्ने अवसर नेपाल टाइम्सले पायो।

Advertisement

यही परिवेश भित्रै २०७४ साउन २४ गते स्थापना भएर निरन्तर अघि बढिरहेको नेपाल टाइम्स आज दर्शक–पाठकको विश्वास जित्दै नेपाली डिजिटल पत्रकारिताको अग्रपंक्तिमा उभिन सफल भएको छ। यस यात्रामा हामीले समाचार सम्प्रेषणलाई केवल पेशा होइन, उत्तरदायित्व र धर्मका रूपमा आत्मसात् गरेका छौं।

महाभारतका पात्र विदुरले सत्य बोल्ने र निष्पक्ष रहने जुन आदर्श प्रस्तुत गरेका थिए, हामीले पनि तथ्य, सत्य र निष्पक्षतालाई आफ्नो पत्रकारिताको मूल आधार बनाएका छौं। समाज र राष्ट्रको सकारात्मक रूपान्तरणमा योगदान पुग्ने विश्वासका साथ पत्रकारिताको मर्यादाभित्र रहेर हाम्रो कलम, क्यामेरा र आवाज निरन्तर सक्रिय रह्यो।

Advertisement

आज हामी गर्वका साथ भन्न सक्छौं, नेपाल टाइम्स नेपाली अनलाइन समाचार माध्यमहरूको अग्रणी पंक्तिमा स्थापित भएको छ। हाम्रो यो यात्रालाई अन्तर्राष्ट्रिय डिजिटल विश्लेषण संस्था सोसल ब्लेडले समेत पुष्टि गरेको छ।

समाचार तथा समाचारजन्य सामग्रीका आधारमा गरिएको विश्लेषणअनुसार नेपाल न्युज एन्ड पोलिटिक्स विधामा नेपाल टाइम्स अनलाइन टेलिभिजन देशकै सबैभन्दा धेरै हेरिने माध्यम बन्न सफल भएको छ। शून्यबाट सुरु भएको हाम्रो यात्राले आज फेसबुकमा २० लाखभन्दा बढी फलोअर्स र युट्युबमा गोल्डेन प्ले बटनसहित १२ लाखभन्दा बढी सब्स्क्राइबरको उचाइ हासिल गरेको छ।

यो उपलब्धि केवल हाम्रो मेहनतको प्रतिफल होइन, विश्वसनीय पत्रकारितामाथि तपाईं दर्शक पाठकले व्यक्त गर्नुभएको भरोसा, माया र निरन्तर समर्थनको प्रमाण पनि हो। यस अमूल्य विश्वासका लागि हामी हृदयदेखि नै कृतज्ञ छौं।

आज हामी एक दशकको यात्रामा प्रवेश गर्दै १०औँ वार्षिकोत्सव मनाइरहेका छौं। यस अवधिमा अनेक चुनौती, आरोह–अवरोह र कठिन परिस्थितिहरू आए। तर तपाईंहरूको साथ, विश्वास, हौसला र सुझावले ती सबै चुनौती पार गर्न हामीलाई ऊर्जा प्रदान ग¥यो।

सत्य, तथ्य र निष्पक्ष पत्रकारिताप्रतिको हाम्रो अटल प्रतिबद्धताले हामीलाई सधैं सही बाटो देखाइरह्यो। तपाईंहरूले निरन्तर दिनुभएको साथ, सुझाव, आलोचना र प्रेरणा नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो। आगामी दिनमा पनि छिटो, सत्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्ने हाम्रो प्रतिबद्धता अझ सशक्त हुनेछ

तपाईंहरूको विश्वासलाई कहिल्यै कमजोर हुन नदिने हाम्रो अठोट छ। नेपाल टाइम्सलाई हेरेर, पढेर प्रतिक्रियासहित सेयर, लाइक र सब्स्क्राइब्स् गरेर साथ दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं। यसरी नै आगामी दिनमा पनि तपाईंहरूको अमूल्य साथ, सुझाव र विश्वासको अपेक्षा गर्दछौं।
नेपाल टाइम्स
नव युगको नयाँ सारथि

Think Global, Watch Nepal Times

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top