प्राप्त अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ

२४ साउन ८३, आइतबार

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आदिवासी जनजाति समुदायले लामो संघर्षबाट प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

Advertisement

आदिवासी जनजाति महासंघद्वारा आयोजित ३२औँ विश्व आदिवासी दिवस कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अधिकार प्राप्त गर्नु मात्रै पर्याप्त नभएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन, संरक्षण र संस्थागत विकासमा जोड दिए ।

उनले भाषा, संस्कृति, सम्पदा, पहिचान, परम्परा र परम्परागत सीपको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताए । प्राप्त अधिकार संस्थागत नभए पुस्तान्तरण हुन नसक्ने भन्दै उनले नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कृति र अधिकारबारे सचेत बनाउनुपर्नेमा जोड दिए ।

Advertisement

मन्त्री श्रेष्ठले आदिवासी जनजातिका परम्परागत ज्ञान र सीपलाई विज्ञान तथा प्रविधिसँग जोड्दै आर्थिक विकास र रोजगारीसँग आबद्ध गर्नुपर्ने बताए । नेपालका विविध भाषा, संस्कृति र परम्परा राष्ट्रिय सम्पत्ति भएकाले तिनको संरक्षण र पुस्तान्तरण सबैको साझा दायित्व भएको उनको भनाइ थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top