काठमाडाैं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टी सहमहामन्त्री असिम शाहले जारी गरेको विज्ञप्ति अनुसार भुइँमान्छेका आवाजलाई सिधै सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास व्यक्त गरेका छन् । यो कार्यक्रममा रास्वपाका मन्त्रीहरु महिनामा कम्तीमा एक पटक सहभागी हुनुपर्ने छ ।
पार्टीले गर्न लागेको उक्त कार्यक्रम पहिलो चरणमा नागरिक संवाद हुनेछ । उक्त कार्यक्रममा साँझ ५ बजेदेखि साँझ ६ बजेसम्म एक घण्टाको हुनेछ । जसका मन्त्रीले सीधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरु सुन्नेछन् ।
त्यसपछि मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरु र प्रतिनिधि सभा सदस्यहरुबीच संयुक्त बैठक बस्नेछ र आएका सुझावहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा छलफल हुनेछ
पार्टीले यस कार्यक्रमबाट पार्टी, सरकार बिचको दुरी कम गर्ने र जनताका समस्यालाई समाधान गर्न उत्प्रेरीत गर्ने उदेश्य लिएको छ । नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने साथै पार्टी संगठडन, संसदीय दलबीच प्रभावकारी सूचना आदाना प्रदान हुने शाहद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।





