हराइरहेका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

२४ साउन ८३, आइतबार

काठमाडाैं- कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन्।६५ वर्षीय सिंह शुक्रबारदेखि जंगलमा हराइरहेका थिए। खोजीका क्रममा आइतबार जंगलभित्र उनको शव भेटिएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए।

Advertisement

‘खोजी अभियानमा खटिएको टोलीले सिंहको शव भेटाएको जानकारी दिएको छ। घटनाबारे थप विवरण जुटाउँदैछौं,’ एसपी भट्टले भने। सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए। त्यसको करिब डेढ घण्टापछि उनले आफूनजिकका केही व्यक्तिलाई फोन गरी आफू जंगलमा बाटो बिराएको बताएका थिए।

त्यसपछि आफन्त र सुरक्षाकर्मीको टोलीले उनको खोजी सुरु गरेको थियो। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगलमा उनले प्रयोग गर्ने  मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो।

Advertisement

मोटरसाइकल भेटिए पनि सिंहको अवस्था अज्ञात रहेपछि प्रहरी र स्थानीयको टोलीले जंगल क्षेत्रमा खोजी अभियानलाई निरन्तरता दिएको थियो। सोही क्रममा आइतबार उनको शव फेला परेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top