२७ साउन , काठमाण्डौ ।
यूक्रेनको जापोरिझिया शहरमा भएका रूसी हमलामा केही यस्ता मिसाइलहरुको प्रयोग भएका छन्, जसले त्यहाँ कहर वर्षाइरहेका छन् । जसका कारण त्यहाँ भयानक क्षति भएको खबरहरु आइरहेका छन् । स्वयं यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले यसबारे जानकारी गराएका छन् र उनले यी रुसी मिसाइलहरु नभएको पनि बताएका छन् ।
यस्तोमा आखिर पुटिनको सेनालाई यी हतियार कसले दिइरहेको छ त ? यसको जवाफमा आउँछ एउटै नाम, विश्वकै सबैभन्दा रहस्यमयी देश उत्तर कोरिया । यो देशको लगभग ९० प्रतिशत बजेट हतियारहरुमै खर्च हुने गरेको सबैको अनुमान छ । र यो अनुमानमात्रै हो ।

कसैलाई थाहा छैन कि किम जोंग उनको देशको बजेट कति छ ? र यी हतियारहरु कसरी बनिरहेका छन् । थाहा छ त केबल किम र उनको टोलीलाई मात्रै । सम्भवतः रुसलाई भने हतियारहरुबारे थाहा होला । किनभने उसले उत्तर कोरियासंग सैन्य सम्झौता नै गरेको छ ।
र यसबीच अहिले युक्रेनमा उत्तर कोरियाकै हतियारहरु पड्किरहेका छन्, र भारी क्षति पुर्याइरहेका छन् । यहाँ उत्तर कोरियाली ब्यालिस्टिक मिसाइलहरुको प्रयोग भएको पुष्टि भइसकेको छ । यसले युक्रेनको मात्रै होइन सारा युरोप र अमेरिकासम्मको होस् उडेको छ ।
राष्ट्रपति जेलेंस्कीका अनुसार, शहरमा नर्थ कोरियाली ब्यालिस्टिक मिसाइलहरु, जिरकन र ग्लाइड बम हानिएका छन । यी हमलाहरुमा सर्वसाधारणहरुको समेत ज्यान गएको छ र कयौं घाइते भएका छन् । किभ, खेरसन, खार्किभसहित अन्य क्षेत्रहरुमा पनि मिसाइल र ड्रोन हमला भएका छन्, जसमा १२० भन्दा धेरै शाहेद ड्रोन रहेका छन् ।
यूक्रेनी खुफिया र पश्चिमी आकलन अनुसार, रूसलाई उत्तर कोरियाले ठूलो मात्रामा सैन्य सहायता दिइरहेको छ । रुसले उत्तर कोरियाबाट पाएको हतियारहरुमा सबैभन्दा महत्वपूर्ण ब्यालिस्टिक मिसाइलहरु केएन –२३ अर्थात ह्वासोंग–११ए र केएन –२४ (ह्वासोंग–११बी) रहेका छन् ।
यी ठोस ईंधन भएका, सडक–मोबाइल शर्ट–रेंज ब्यालिस्टिक मिसाइलहरु हुन् र रूसी इस्कंदर–एमसंग मिल्दाजुल्दा छन् । यसको रेंज करीब ६०० देखि ९०० किलोमीटर छन् र यी कम उचाइमा उडेर एयर डिफेंसलाई चुनौती दिन सक्छन् ।
सन २०२३ को अन्त्यदेखि अगस्ट २०२५ सम्म रूसले करीब १५० यस्ता मिसाइलहरु पाएको थियो । हालै रुसलाई उत्तर कोरियाले यस्ता ४० थप मिसाइलहरु पठाएको खुलेको थियो । यूक्रेनी गुप्तचर रिपोट्र्सका अनुसार रूसले भोरोनेज क्षेत्रमा उत्तर कोरियाली मिसाइल यूनिट तैनाथ गरिरहेको छ, जसमा करीब ९० कर्मी, ६ लन्चर र १२० मिसाइलहरु रहेको अनुमान गरिएको छ ।
यसमध्येका कयौ मिसाइल पहिला नै यूक्रेनमा हानिएको थियो । रूसी सहयोगले यिनिहरुको सटीकता पनि राम्रो भएको ठानिएको छ । यसको अलावा, उत्तर कोरियाले लाखौं आर्टिलरी शेल (अनुमानित ८० लाखदेखि १.५ करोड राउंड), यस्तै २०० भन्दा धेरै आर्टिलरी सिस्टम –जुन १७० एमएम गन र २४० एमएम रकेट लन्चर रहेका छन्) र एंटी–ट्यांक मिसाइलहरु पनि दिएको छ ।
केही आँकलनहरुमा यसले रूसको आर्टिलरी आवस्यकतामा २५ देखि ४० प्रतिशत वा सोभन्दा धेरै पुरा गरेको भनिएको छ । यूक्रेनी, दक्षिण कोरियाली र पश्चिमी खुफिया आँकलनहरुका अनुसार करीब ९ हजार ५०० देखि १६ हजार उत्तर कोरियाली सैनिक रूसको कुस्र्क क्षेत्रमा अहिले पनि रहेका छन् ।
यूक्रेनी गुप्तचर एजेंसीको अनुमान छ कि यसको संख्या करीब ९ हजार ५०० छ र दक्षिण कोरियाली सैन्य गुप्तचर र अन्य आकलनहरुमा कुल तैनाथी १४ हजारदेखि १६ हजारसम्म भनिएको छ । यी सैनिक मुख्य रूपले २०२४ को अन्त्यपछि नै पठाइएका थिए ।
र कुस्र्कमा यूक्रेनी सेनाविरुद्ध अपरेशनमा सामेल भएका छन् । यूक्रेनी राष्ट्रपति जेलेंस्कीले ९ अगस्ट २०२६ मा भनेका थिए कि ३० हजारदेखि ५० हजार थप उत्तर कोरियाली सैनिकहरुलाई रूसमा तैनाथ गर्ने निर्णय गरिएको छ । यसको अलावा एउटा सानो मिसाइल यूनिट पनि भोरोनेजमा तैनाथ भएको खबर छ ।
यता रूसी राष्ट्रपति भ्लादिमीर पुटिन एक पटक फेरि नेटोविरुद्ध आक्रामक देखिएका छन् । पुटिनले नेटो एशिया–प्रशांत क्षेत्रमा विस्तार भइरहेको भन्दै यसमा कडा विरोध जनाएका छन् । उनका अनुसार यो क्षेत्रमा हतियारहरुको तैनाथीले रूसको सुरक्षामा खतरा उत्पन्न गराउन सक्छ ।
पुटिनले भने कि जापानले अवैध तरीकाले रूसविरुद्ध प्रतिबंध लगाएको छ र उसले यूक्रेन विवादको मुख्य कारणलाई हल गरेको छैन । हुनत रूसले जापानलाई आफ्ना लागि खतरा मान्दैन र जापानविरुद्ध कुनै दाबी पनि गर्दैन, पुटिनले भने ।
उनले पश्चिमी देशहरुले रूसी व्यवसायिक जहाजहरुलाई जफत गरे रुसले त्यसको कडा जवाफ दिने पनि चेतावनी दिए । रूसी राष्ट्रपतिले भनेका छन कि नेटोको एशिया र प्रशांत क्षेत्रमा भइरहेको विस्तारले आर्कटिक क्षेत्रमा तनाव बढाइरहेको छ । पुटिनले यूरोपेली संघका देशहरुमाथि आरोप लगाउँदै भने कि उनीहरुले रूसका व्यापारिक जहाजहरुलाई जफत गरेर पायरेसी गरिरहेका छन् ।
पुटिनले आफ्नो एक भाषणमा नेटोको एशिया–प्रशांत क्षेत्रमा विस्तार र आर्कटिकमा बढीरहेको तनाव दुवैमा फरक फरक बयान दिएका हुन् । पुटिनको यो बयान समयमा आएको छ जब जापानमा अमेरिकाले आफ्नो खतरनाक मिसाइलहरु तैनाथ गरेको छ ।
जापानले अमेरिकाबाट टमहक क्रूज मिसाइल पनि किनेको छ । पुटिनको यो बयान यस्तो बेला आएको हो जब अमेरिकी गुप्तचर एजेंसीका आँकलनमा पुटिनले नेटोको परीक्षा लिनका लागि आउने दिनमा नेटोको कुनै सदस्य देशमा सीमित हमला गर्न सक्ने संकेत गरेका छन् ।
रुसले नेटो देशमाथि साइबर हमलादेखि लिएर सीमित सैन्य घुसपैठसम्म गर्न सक्ने त्यसमा भनिएको छ । अमेरिकी गुप्तचर अनुमानका अनुसार यसका माध्यमले पुटिनले नेटोको आर्टिकल ५ को परीक्षा लिन सक्छन् ।






