जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीको छापा, पत्रकार श्रेष्ठका विद्युतीय उपकरण नियन्त्रणमा

२८ साउन ८३, बिहीबार
Share this
766shares

काठमाडौं– जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले बिहीबार बिहान खानतलासी लिएको छ। बिहानै ललितपुरस्थित पत्रिकाको कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले जानकारी दिएकी छन्।

Advertisement

उनका अनुसार प्रहरीले पत्रकार श्रेष्ठले प्रयोग गर्दै आएका मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ। पत्रकारले सूचना प्राप्त गर्ने स्रोतसम्म राज्यले पहुँच पुर्‍याउन खोजेको भन्दै शर्माले आपत्ति जनाएकी छन्। साथै, श्रेष्ठको निजी इमेलमा समेत राज्यका अधिकारीले पहुँच पुर्‍याई अनधिकृत रूपमा खोजतलास गरेको भन्दै उनले राज्य पक्षले गैरकानुनी काम गरिरहेको टिप्पणी गरेकी छन्।

पत्रकार श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा काठमाडौं प्रहरी परिसरअगाडि धर्नासमेत दिइएको छ। अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले ठाडो हस्तक्षेप गरेको भन्दै समाचारजन्य विषयको निरूपण प्रेस काउन्सिल नेपालबाट हुनुपर्ने पत्रकारहरूको माग छ।

Advertisement

पत्रकारहरूले राज्यले पत्रकारमाथि प्रतिशोध साँधेको आरोप लगाउँदै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top