काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

२९ साउन ८३, शुक्रबार
Share this
711shares

काठमाडाैं- काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। कुलपति एवं प्रधानमन्त्री बालेन शाहले उपकुलपतिमा बराललाई नियुक्त गरेका हुन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिको सिफारिसमा बराल नियुक्त भएका हुन्। उनी केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। बरालले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट पीएचडी गरेका छन्।

Advertisement

केयूको उपकुलपतिका लागि ३५ जनाले आवेदन दिएका थिए। त्यसमध्ये १० जनाको सूची सार्वजनिक गरी प्रस्तुतीकरण र अन्तर्वार्तापछि मेरिटका आधारमा बरालको नाम सिफारिस गरिएको समितिले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top