काठमाडाैं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय आफूविरुद्ध विभिन्न टिप्पणी र आलोचना भइरहेको भन्दै त्यसको जवाफ दिने बताएका छन्। र्टीभित्र देखिएका विवाद तथा संस्थापनइतर समूहको भेलामा उठेका प्रश्नतर्फ संकेत गर्दै थापाले आफूविरुद्ध उठाइएका सबै प्रश्नको स्पष्ट जवाफ दिने बताएका हुन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सोमबार सानेपास्थित पार्टी कार्यालयबाट पछिल्ला तीन दिनमा आफूविरुद्ध उठेका विषयमा एक घण्टा जवाफ दिने बताए। ‘यो तीन दिनमा जति कुरा ममाथि आइलागेका छन्, ती अहिलेसम्म आएका थिएनन्। भोलि एक घण्टा जवाफ दिनेछु,’ उनले भने।
थापाले बीपी कोइराला र गणेशमान सिंहजस्ता नेताहरूलाई निजीकरण गर्न नहुने धारणा पनि राखे। व्यक्तिगत स्वार्थका कारण प्रजातन्त्रको लडाइँमा योगदान गरेका नेताहरूको नाम लिएर उनीहरूको योगदानको अवमूल्यन गर्न नहुने उनको भनाइ थियो।




