Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा अधिकांश पसलले उपभोक्ता ठगे

विराटनगरमा अधिकांश पसलले उपभोक्ता ठगे

विराटनगर,असोज २६
दसै लागेसँगै विराटनगर महानगर पनि बजार अनुगमनमा निस्किएको छ । अनुगमनका क्रममा महानगरका कतिपय पसल तथा व्यवसायीहरुले न्यूनतम मापदण्ड समेत पूरा नगरेको साथै खरिद मूल्यभन्दा अत्यधिक मूल्यबृद्धि गरी बेचबिखन गर्ने गरेको भेटिएको छ ।

बेलाबेलामा छड्के अनुगमन गर्दे आएको महानगरले चाडवाडका बेला अझ उपभोक्ता ठगिने गरेको गुनासो आएसंगै दैनिक अनुगमन गर्न थालेको उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् ।

विहिवार र शुक्रबार दुईदिनमा विभिन्न स्थानका फरक पसलहरुमा गरिएको अनुगमनका क्रममा उपभोक्ताहरु धेरै ठगिने गरेको पाइएको छ । उपमेयर कार्कीले महानगरले सवै ब्यवसाय,फर्ममा समेत स्वच्छ रुपमा अनुगमन गर्ने जानकारी दिइन् ।

महानगरले अनुगमनका क्रममा विकानेर स्विट होम,पंकज किराना स्टोर,बैद्यनाथ आयुर्वेदिक औषधि ,श्याम सुन्दर ट्रेडर्समा म्याद नाघेका र खान अयोग्य सामान भेटेको छ ।

यस्तै जुत्तापसल भानुदय ट्रेडर्स र दिनेश इम्पोरियम लुगा पसलमा भने खरिदमूल्य भन्दा तेब्बर मूल्यभन्दा बढी र कतिपयमा स्टिकर टासी अत्याधिक मूल्यमा सामान बिक्री गरिएको भेटिएको छ । महानगरले विभिन्न सूचक तय गरेर बजारको अनुगमन गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.