नाइमा एक्स्पोमा एथरका ५ सयभन्दा बढी स्कुटर बुकिङ

२ भदौ ८३, मंगलबार
Share this
749shares

काठमाडौं– नाइमा मोबिलिटी एक्स्पो २०२६ मा एथर नेपालका ५ सयभन्दा बढी विद्युतीय स्कुटर बुकिङ भएका छन्। कम्पनीका अनुसार ६ दिनसम्म चलेको एक्स्पोमा एथरका उत्पादनप्रति ग्राहकको उत्साहजनक सहभागिता देखिएको हो।

Advertisement

कम्पनीले उपभोक्ताको विश्वासका कारण एथरका उत्पादनप्रति आकर्षण बढेको जनाएको छ। एथरका स्कुटर बलियो, भरपर्दो र प्राविधिक रूपमा उच्च गुणस्तरका रहेको कम्पनीको दाबी छ।

स्कुटर खरिदपछि ब्याट्री, सर्भिस तथा चार्जिङ सुविधा ग्राहकका लागि महत्वपूर्ण हुने भएकाले कम्पनीले यी पक्षलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

Advertisement

एथरले नेपालभर १० भन्दा बढी आधिकारिक बिक्रेता र ५० भन्दा बढी स्थानमा फास्ट चार्जिङ ग्रिड विस्तार गरिसकेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top