विश्वकप २०२६को विवादमा फिफाको एक्सनः अर्जेन्टिना हल्लाउने कारबाही

६ भदौ ८३, शनिबार

६ भदौ , काठमाण्डौ ।

Advertisement

फुटबलको सबैभन्दा ठूलो मञ्च—विश्वकप २०२६ को फाइनल । मैदानमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै विश्वकपको ट्रफी उचाल्यो । तर, खेलको अन्तिम सिट्ठी बजेलगत्तै न्युयोर्क न्यु जर्सी स्टेडियममा जे भयो, त्यसले विश्व फुटबल जगतलाई नै स्तब्ध बनाइदियो ।

विजयको खुसी मनाउनुको साटो मैदान तनावग्रस्त बन्यो, र खेलाडीहरूबिच हातहालाहालको स्थिति सिर्जना भयो । अहिले त्यसै घटनामाथि फिफाको अनुशासन समितिले आफ्नो अन्तिम निर्णय सुनाउँदै अर्जेन्टिनी टोली, खेलाडी र प्रशिक्षकमाथि ठूलो र कडा कारबाही गरेको छ ।

Advertisement

विश्व फुटबलको महाकुम्भ, सन् २०२६ को विश्वकप फाइनल । रंगशालामा उत्साह थियो, तनाव थियो र अन्ततः एउटा नाटकीय नतिजा पनि निस्कियो । तर, फाइनलको ९० मिनेटपछिको दृश्यले फुटबल जगतलाई नै स्तब्ध बनायो। स्पेनसँगको हारपछि मैदानमा जे भयो, त्यसले अर्जेन्टिनी टोलीलाई अहिले ठूलो संकटमा पारेको छ ।

फिफाको अनुशासन समितिले अर्जेन्टिनाका स्टार खेलाडीदेखि प्रशिक्षकसम्मलाई कडा कारबाही गरेको छ । फाइनलमा स्पेनसँग १–० को हार व्यहोरेपछि अर्जेन्टिनी टोलीका केही खेलाडीहरूले आफ्नो संयमता गुमाएका थिए । अनुसन्धान अनुसार, खेल सकिनेबित्तिकै अर्जेन्टिनी खेलाडीहरू र विजयी स्पेनिस खेलाडीहरूबिच भनाभन सुरु भयो ।

Advertisement

हेर्दाहेर्दै यो सामान्य विवाद मैदानमै कुटपिटमा परिणत भयो । अर्जेन्टिनाका मिडफिल्डर लिआन्ड्रो पारेडेसले स्पेनका डिफेन्डर एरिक गार्सियाको घाँटी समातेका थिए भने युवा स्टार गाभीलाई भुइँमा पछारेर उनको अनुहारमा प्रहार गरेका थिए । त्यस्तै, अर्जेन्टिनाका अन्य खेलाडीहरू र अफिसियलहरू पनि यो झडपमा तानिएका थिए ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै फिफाले तुरुन्तै अनुशासनात्मक तथा आचारसंहितासम्बन्धी अभियोजक नियुक्त गरी अनुसन्धान अघि बढाएको थियो । फिफाको अनुशासन समितिले दोषी ठहरिएका खेलाडी र टोली सदस्यहरूलाई फरक–फरक प्रतिबन्ध र जरिवाना तोकेको छ ।

फिफाको अनुशासन समितिले यो घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ । सबैभन्दा कडा कारबाही मिडफिल्डर लिआन्ड्रो पारेडेसमाथि भएको छ । उनलाई १० वटा अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको छ । मैदानमा उनले स्पेनका एरिक गार्सियाको घाँटी समातेका थिए भने युवा स्टार गाभीलाई भुइँमा पछारेर अनुहारमा प्रहार गरेका थिए ।

यसका साथै उनले ९० हजार डलर जरिवाना पनि तिर्नुपर्नेछ । नहुएल मोलिना, पारेडेसका सहकर्मी मोलिनालाई ७ खेलको प्रतिबन्ध र ९० हजार डलरकै जरिवाना तोकिएको छ । रोचक कुरा के छ भने, पीडित भनिएका स्पेनका गाभीले पारेडेसलाई कारबाही गरिनु नपर्ने धारणा राखेका थिए ।

तर, फिफाले अनुशासनमा कुनै सम्झौता गरेन । झडपमा संलग्न भएको भन्दै गाभी र अर्जेन्टिनाका थियागो अल्माडालाई पनि १–१ खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना सुनाइएको छ । यो झडपमा खेलाडी मात्र होइन, अफिसियलहरू पनि तानिए ।

अर्जेन्टिनाको प्रशिक्षक टोलीका सदस्य तथा पूर्व लेजेन्ड रोबर्टो आयालाले स्पेनका डानी ओल्मोको अनुहारमा प्रहार गरेको फिफाको प्रतिवेदनमा उल्लेख छ । नतिजास्वरुप, आयालालाई ३ खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ । यो कारबाहीले अर्जेन्टिनाको आगामी खेलहरूको रणनीतिका लागि ठूलो धक्का पुरÞ्याउने निश्चित छ ।

खेलाडीहरूमाथि मात्र होइन, फिफाले अर्जेन्टिनी फुटबल संघ एएफएलाई पनि भारी जरिवाना र घरेलु खेलमा प्रतिबन्ध लगाएको छ । रंगशालाको दर्शक क्षमतामा कटौती गरेको छ । अर्जेन्टिनाले आफ्ना आगामी दुई घरेलु खेल ५० प्रतिशत दर्शक क्षमतामा मात्र खेलाउनुपर्नेछ ।

यद्यपि, तीमध्ये एउटा खेलको सजाय भने हाललाई स्थगनमा राखिएको छ । यस्तै अर्को सजाय हो, ३ लाख २१ हजार डलरको भारी जरिवाना । फिफाले एफएलाई कुल ३,२१,००० अमेरिकी डलर जरिवाना तोकेको छ । यसका मुख्य तीन कारण छन् ।

खेलकुदसँग सम्बन्ध नभएका गैर–खेलकुद विषयको प्रयोग (राजनीतिक ब्यानर), टोलीको अनुशासनहीन व्यवहार, र समर्थकहरूबाट भएका विभेदकारी नाराबाजी र हाउभाउ रहेका छन् । सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराएपछि अर्जेन्टिनाका केही खेलाडीहरूले बेलायती अधिनस्थ क्षेत्र फल्कल्यान्ड टापु अर्जेन्टिनाको भएको दाबी गरिएको ब्यानर प्रदर्शन गरेका थिए ।

फिफाले खेलकुदमा राजनीति मिसाउन पाइँदैन भन्ने नियम उल्लङ्घन भएको ठहर गरेको छ । १ लाख डलर विभेदविरुद्ध लड्ने योजनामा अनिवार्य लगानी गर्नुपर्ने । १ लाख डलर परीक्षण अवधिको सर्तसहित तत्कालका लागि स्थगन गरिएको छ ।

मुख्य खेलाडीहरू पारेडेस (१० खेल) र मोलिना (७ खेल) लामो समयसम्म टोलीबाहिर रहँदा आगामी विश्वकप छनोट वा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरूमा अर्जेन्टिनाको टोली सन्तुलन बिग्रने निश्चित छ । फिफाले यो निर्णयमार्फत विश्वकप जस्तो ठूलो मञ्चमा अनुशासनहीनता र हिंसात्मक व्यवहार कुनै पनि हालतमा सह्य हुँदैन भन्ने कडा सन्देश दिएको छ ।

अर्जेन्टिनी फुटबल संघले यी कारबाहीहरू अति कडा भएको भन्दै फिफाको पुनरावेदन समितिमा पुनरावेदन गर्ने घोषणा गरेको छ । यदि त्यहाँबाट पनि राहत नमिल्ने हो भने ब्ँब् ले यो मुद्दालाई खेलकुदको सर्वोच्च अदालत कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टमा लैजाने तयारी गरेको छ ।

विश्वकपको फाइनलमा पुग्नु आफैँमा ठूलो उपलब्धि हो, तर खेल भावना भुल्दा त्यसको मूल्य कति भारी हुन सक्छ भन्ने कुरा यो घटनाले सिद्ध गरेको छ । यो कारबाहीले अर्जेन्टिनी फुटबलमा ठूलो हलचल पैदा गरेको छ । अर्जेन्टिनी फुटबल संघले यी कारबाहीहरू अन्यायपूर्ण भएको भन्दै पुनरावेदन गर्ने घोषणा गरिसकेको छ ।

यदि फिफाको पुनरावेदन समितिबाट राहत नपाएमा उनीहरूले यो मुद्दालाई कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टमा लैजाने तयारी गरेका छन् । पारेडेस जस्ता मुख्य खेलाडी १० खेलसम्म बाहिर रहनु भनेको अर्जेन्टिनाका लागि आगामी प्रतियोगिताहरूमा ठूलो क्षति हो ।

फुटबल भावनाको खेल हो, तर जब भावनाले सीमा नाघ्छ, त्यसले यस्तै परिणाम निम्त्याउँछ । २०२६ को विश्वकप फाइनलको त्यो एक रातले अर्जेन्टिनालाई पदक मात्र गुमाउन बाध्य पारेन, बरु आफ्ना स्टार खेलाडी र प्रतिष्ठामाथि पनि दाग लगायो ।

फिफाको यो निर्णयले केवल अर्जेन्टिनालाई मात्र होइन, विश्व फुटबललाई नै एउटा कडा चेतावनी दिएको छ । खेलको मैदानमा जतिसुकै प्रतिस्पर्धा भए पनि, हारलाई गरिमामय ढंगले स्वीकार गर्न नसक्नु र हिंसामा उत्रिनु व्यावसायिक खेलाडीका लागि सुहाउने कुरा होइन ।

हारको पीडा एकातिर, फिफाको कारबाही अर्कोतिर—अहिले अर्जेन्टिनी फुटबल इतिहासकै कठिन मोडमा छ । के यो प्रतिबन्धले अर्जेन्टिनालाई कमजोर बनाउला वा अझ बलियो भएर फर्कन मद्दत गर्ला?अब सबैको नजर ’कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट’ मा छ ।

यदि त्यहाँबाट पनि अर्जेन्टिनाले राहत पाएन भने, उनीहरूले आफ्ना प्रभावशाली खेलाडी बिना नै आगामी ठूला प्रतियोगिताहरू खेल्नुपर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top