मिर्जा फखरुल इस्लाम आलमगिर बने बंगलादेशको नयाँ राष्ट्रपति

६ भदौ , काठमाण्डौ ।

Advertisement

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशको नयाँ राष्ट्रपति बनेका छन् । त्यहाँको संसद्ले मिर्जालाई देशको नयाँ राष्ट्रपति चुनेको हो । बंगलादेशमा झन्डै ३५ वर्षपछि २३औँ राष्ट्रपति प्रत्यक्ष मतदानमार्फत चुनिएको हो । सत्तारुढ दल बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का उम्मेदवार आलमगिर संसद्बाट २५५ मत प्राप्त गर्दै राष्ट्रपति चुनिएका हुन् ।

विपक्षी गठबन्धनका उम्मेदवार कर्नेल अली अहमदले भने ८८ मत मात्र पाए । राष्ट्रपति चुनावका लागि बिहीबार संसद् भवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिएको थियो। कुल ३४९ सांसदले मतदान गरे । नवनिर्वाचित राष्ट्रपति आलमगिर पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख विरोधी हुन् ।

Advertisement

विद्यार्थी आन्दोलनले शेख हसिनालाई २०२४ मा सत्ताबाट हटाएको थियो । हाल उनी भारतको शरणमा छिन् । बंगलादेशले भारतसँग उनको सुपुर्दगी (फिर्ता) माग गरिरहेको छ । हसिनाले स्वयं पनि स्वदेश फर्किने घोषणा गरिसकेकी छन् ।

यता आलमगिरले कठिन समयमा बीएनपीको नेतृत्व गर्न महत्वपूर्ण भूमिका खेलेका छन् र धेरै पटक पक्राउ पनि परेका छन् । बंगलादेशमा राष्ट्रपतिको कार्यालय धेरै हदसम्म औपचारिक हुन्छ । यसबीच राष्ट्रपति रामचन्द्र पौडेलले आलमगीर राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

Advertisement

राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहो¥याएका छन् ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बङ्गलादेशका जनतालाई आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

यसैबीच बंगलादेशका विदेश मामिला सल्लाहकार हुमायूँ कबीरले आफ्नो राष्ट्रिय हित र बदलिँदो विश्वव्यापी आर्थिक तथा व्यापारिक परिदृश्यलाई मध्यनजर गर्दै मक्का सन्धिमा सामेल हुन तयार रहेको बताएका छन् । बिहीबार एक अन्तर्वार्ताका क्रममा उनले व्यक्त गरेको यो धारणाले ढाका र नयाँ दिल्लीबीच चलिरहेको कूटनीतिक तनावमा अर्को एउटा जटिल मोड थपेको छ ।

साउदी अरब, टर्की र पाकिस्तानले यसै महिनाको सुरुमा मक्कामा एउटा संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसमा ती तीनमध्ये कुनै पनि देशमा सशस्त्र आक्रमण भएमा त्यसलाई सबैमाथिको आक्रमण मान्ने औपचारिक प्रतिबद्धता जनाइएको छ ।

अन्तर्वार्ताका क्रममा कबीरले बंगलादेशी प्रधानमन्त्री तारिक रहमानको सम्भावित भारत भ्रमण अहिलेको समयमा किन जायज छैन भन्नेबारे लामो व्याख्या गरे । उनले साउदी अरब, पाकिस्तान र टर्की सम्मिलित आर्थिक वा रक्षा ढाँचामा बंगलादेश सामेल हुने सम्भावनाप्रति सकारात्मक दृष्टिकोण रहेको स्पष्ट पारे ।

यसका साथै बंगलादेशले इस्लामाबादसँगको सम्बन्धलाई विशेषगरी व्यापार र जनस्तरको सम्पर्कका माध्यमबाट बलियो बनाउँदै लगेको र यसलाई उनले सामान्य कूटनीतिक प्रक्रियाको संज्ञा दिएका छन् । चीनसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्दै कबीरले बंगलादेशले बेइजिङसँग अझ गहिरो संलग्नता चाहेको बताए ।

उनले भूराजनीतिक दबाबबाट जोगिँदै टु प्लस टु संयन्त्र र बृहत् साझेदारीमार्फत अगाडि बढ्ने रणनीति बंगलादेशले लिएको जानकारी दिए । यी पछिल्ला घटनाक्रमहरूका बीच भारतसँग द्विपक्षीय भ्रमणको सम्भावना कम रहेको संकेत गर्दै उनले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर उच्चस्तरीय भ्रमणका लागि हतारिनुको कुनै औचित्य नरहेको टिप्पणी गरे ।

ढाकामा सरकारभित्र र राजनीतिक दलहरूबीच रहेको विभाजनले बंगलादेशको भारत नीतिलाई अहिले अन्योलको अवस्थामा पुर्याएको छ । विशेषगरी भारतमा शरण लिइरहेकी शेख हसिनाको सुपुर्दगीलाई प्रधानमन्त्री रहमानको भ्रमणको शर्तका रूपमा अघि सारिएपछि भारत र बंगलादेश संवेदनशील मोडमा आइपुगेका छन् ।

बंगलादेशी राजनीतिक स्रोतहरूका अनुसार, भारतले सांकेतिक पहुँचभन्दा माथि उठेर ठोस कदम नचालेसम्म आगामी महिनाहरूमा रहमानको भारत भ्रमण हुने सम्भावना देखिँदैन ।

कबीरले पनि नयाँ दिल्लीले आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै १५ सयभन्दा बढी मानिसको बलिदानबाट भएको बंगलादेशको जुलाई जनआन्दोलनको यथार्थलाई छिमेकी देशले सही ढंगले बुझ्नुपर्ने बताए ।

दुई देशबीचको मनमुटावको मुख्य केन्द्रमा अहिले पनि भारत पलायन भएकी शेख हसिना नै छिन् । कबीरले हसिनालाई भारतीय भूमि प्रयोग गरेर राजनीतिक र सञ्चार गतिविधि गर्न दिएकोमा नयाँ दिल्लीको कडा आलोचना गरे ।

उनले १५ सय बंगलादेशीले ज्यान गुमाएको आन्दोलनपछि अपराधीको रूपमा भागेर भारतमा शरण लिएकी हसिनालाई राजनीतिक स्थान उपलब्ध गराउनु भारतको लोकतान्त्रिक मर्यादा विपरीत भएको तर्क गरे।

यस्ता गतिविधिले करोडौं बंगलादेशीको भावनामा चोट पुर्याएको र यसलाई अन्तर्राष्ट्रिय कूटनीतिक मान्यता वा अभिव्यक्ति स्वतन्त्रताको नाममा भारतले न्यायोचित ठहर्याउन नसक्ने उनको भनाइ छ। कबीरले नयाँ दिल्लीले बंगलादेशको नयाँ सरकारसँग कस्तो खालको सम्बन्ध राख्न चाहेको हो भन्नेमा स्पष्टता हुनुपर्ने माग गरे ।

विशिष्ट मुद्दाहरूमा दुई देशबीच सहमति नभएसम्म र ससम्मान निमन्त्रणा प्राप्त नभएसम्म आगामी ब्रिक्स शिखर सम्मेलन अगाडि प्रधानमन्त्री रहमानले भारत भ्रमण गर्ने सम्भावना निकै न्यून रहेको उनले स्पष्ट पारेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top