रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६२ पुग्यो, त्रिशूली करिडोरमा ठूलो क्षति

११ भदौ ८३, बिहीबार
Share this
793shares

११ भदौ ,काठमाण्डौ ।

Advertisement

रसुवामा बुधबार आएको भीषण बाढीको प्रभाव त्रिशूली नदीको तटीय क्षेत्र हुँदै चितवनसम्म फैलिँदा मृत्यु हुनेको संख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बिहानसम्म खोजी तथा उद्धारका क्रममा विभिन्न जिल्लाबाट १६२ जनाको शव फेला परेको हो।

सबैभन्दा धेरै मृत्यु चितवनमा भएको छ । मृतकमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवाको भोटेकोशी हुँदै नुवाकोट र धादिङको त्रिशूली नदी तथा चितवनको नारायणी नदी आसपासका क्षेत्रमा ठूलो क्षति र्पुयाएको छ । बाढीले पुल, सडक तथा तटीय बस्तीमा व्यापक क्षति र्पुयाएको छ भने त्रिशूलीका पक्की तथा झोलुंगे पुलसमेत बगाएको छ ।

बाढी आएको दिन जीवितै उद्धारलाई प्राथमिकता दिँदै तीनवटै सुरक्षा निकाय परिचालन गरिएका थिए। बिहीबार बिहानदेखि भने बेपत्ताको खोजीलाई तीव्र बनाइएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता अविनारायण काफ्लेका अनुसार खोजी तथा उद्धारका लागि विभिन्न जिल्लामा ३ हजार ३१८ प्रहरी परिचालन गरिएको छ ।

Advertisement

बाढीमा परी घाइते भएकाहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार काठमाडौंमा उपचार गराइएका ४२ जनामध्ये ९ जना डिस्चार्ज भएका छन् भने ३३ जना अझै उपचाररत छन् ।

उनीहरूको छाउनीस्थित सैनिक अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, नर्भिक अस्पताल र मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको सचिवालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top