‘मानवीय मामला’ अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त

२६ भदौ ८३, शुक्रबार
Share this
731shares

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ (Humanitarian Affairs) सल्लाहकारमा नियुक्त गरेका छन्।  भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार उनलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो।

Advertisement

भोटेकोशी बाढी पश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहितछोटो अवधिका लागि उनलाइ नियुक्त गरिएको अर्थमन्त्रालयले जानकारी दिएकाे छ। पराजुलीको संयुक्त राष्ट्र संघ (UN) मा लामो र गहन अनुभव रहेको उल्लेख छ। उनको यो अनुभव नेपालमा विपद् पश्चातको मानवीय राहत र पुनर्स्थापनाको काममा निकै उपयोगी हुने विश्वास अर्थ मन्त्रालयकाे छ । विशेष गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पराजुलीको विज्ञताले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top