डायस्पोराद्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५१ लाखभन्दा बढी सहयोग

२६ भदौ ८३, शुक्रबार
Share this
654shares

काठमाडौँ । युनाइटेड नेपाली डायस्पोराले प्रधानमन्त्री दैवी उद्धार कोषमा ५१ लाख ५५५ रुपैयाँ सहयोग गरेको छ। युनाइटेड नेपाली डायस्पोराका अध्यक्ष सोनाम लामाको नेतृत्वमा रहेको टोलीले शुक्रबार सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।

Advertisement

चेक हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री खनालले विदेशमा रहेर पनि नेपालमा विपद् पर्दा सहयोग गरेको भन्दै युनाइटेड नेपाली डायस्पोरा परिवारप्रति सरकार र परराष्ट्र मन्त्रालयका तर्फबाट धन्यवाद व्यक्त गरे। मन्त्री खनालले गैरआवासीय नेपालीसँगको सम्बन्धलाई थप सहज बनाउन सरकारले आवश्यक कानुनी सुधारको प्रक्रिया अघि बढाएको जानकारीसमेत दिए। उनका अनुसार गैरआवासीय नेपालीलाई नेपाल आउजाउ, घरजग्गा खरिद–बिक्रीलगायतका व्यावहारिक गतिविधिमा सहज हुने गरी सम्बन्धित कानुन संशोधनको चरणमा छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top