सभामुखसँग बिपक्षी दलका नेता आङ्देम्बेको भेट, के भयो कुराकानी?

३० भदौ ८३, मंगलबार
Share this
716shares

काठमाडौं । सभामुख डीपी अर्याल र विपक्षी दलका नेता भीष्मराज आङदेम्बेबीच भेटवार्ता भएको छ। सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक विषय तथा प्रतिनिधि सभाका गतिविधिबारे छलफल भएको बताइएको छ।

Advertisement

भेटका क्रममा प्रतिनिधि सभाको आगामी कामकारबाही र समसामयिक राजनीतिक परिस्थितिबारे समेत विचारविमर्श भएको सभामुखकाे सचिवालयले जानकारी दिएकाे छ । आङदेम्बेले भने भाेटेकाेशी बाढीपछिको उद्धार, राहत र  दीर्घकालीन समाधानका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्ने बारे ध्यानाकर्षण गराएकाे बताएका छन् । उनले सभामुखले अन्य दलसँग पनि साे विषयमा छलफल गर्ने जानकारी दिएकाे बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top