एघार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

२७ असोज ७५, आइतबार

विराटनगर,असोज २७
विराटनगरस्थित स्टार बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं साधारणसभाको अवसर पारेर विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

विराटनगरका उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजु ओमप्रकाश गोयलको नाममा स्थापित छात्रवृत्ति सरकारीको साधारणसभाका अवसरमा प्रदान गरिएको हो ।

Advertisement

कार्यक्रममा महेन्द्र मावि विराटनगरकी दीक्षा खतिवडा, जनपथ माविकी अञ्जलीकुमारी साह, मनिषाकुमार ऋषिदेव, सरस्वती माविकी जुआ सोरेन, राधा ढकाल, अस्मिता मण्डल, विराट महेन्द्र रात्री माविका प्रदीप मरिक, सत्यनारायण माविकी सुष्मा मोची, बुद्धेश्वरी मावि बुधनगरकी सजनाकुमार राजवंशी, जनविकास मावि शनिश्चरेकी रिनाकुमार तत्मा र सिद्धकाली मावि शनिश्चरेका भीमप्रसाद सिटौलालाई जनही ७ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।

गोयलले ८ वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top