५ असोज , काठमाण्डौ ।
देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहदा आज मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।
उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणालीसमेत विकसित भएको उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने अनुमान ।

हाल कोशी र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकीका हिमाली र पहाडी क्षेत्रमा बदली ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि सामान्यतया बदली तथा मधेसमा आंशिक बदली ।

कोशी र बागमतीका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमाविहानैदेखि हल्कादेखि मध्यम वर्षा ।
आज कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा वा हिमपात हुनसक्ने ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो, बाढी तथा यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह।



