राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक: सभामुख अर्याल

५ असोज ८३, सोमबार
Share this
769shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आर्थिक विकास र समृद्धिका लागि राज्य र निजी क्षेत्रबीच विश्वास, सहकार्य र सुमधुर सम्बन्ध आवश्यक रहेको बताएका छन्। नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी २०८३ को उद्घाटन गर्दै उनले निजी क्षेत्रका लागि लगानीको सुरक्षा, सहज व्यावसायिक वातावरण र दीर्घकालीन नीतिगत स्थायित्व सुनिश्चित गर्नुपर्ने बताए।

Advertisement

उनले दीर्घकालीन सोचका आधारमा कानुन निर्माण गर्दै सरोकारवाला, विज्ञ र व्यवसायीसँग पर्याप्त छलफल गर्नुपर्नेमा जोड दिए। घरजग्गा तथा निर्माण क्षेत्रसँग बैंकिङ, बीमा, निर्माण सामग्री, इन्जिनियरिङलगायतका क्षेत्र जोडिएकाले यसले रोजगारी र अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो। अर्यालले साना तथा मझौला व्यवसायी र नयाँ उद्यमीलाई अवसर सिर्जना गर्नुपर्ने तथा विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आकर्षित गर्ने वातावरण बनाउनुपर्ने बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top