डोल्पा विमानस्थलमा सीता एयरको जहाज सामान्य दुर्घटनामा, १३ यात्रु सकुशल

८ असोज ८३, बिहीबार
Share this
742shares

काठमाडौं । डोल्पा विमानस्थलमा सीता एयरको जहाज सामान्य दुर्घटनामा परेको छ। जहाज अवतरण गर्ने क्रममा पाङ्ग्रामा समस्या आएपछि विमानमा समस्या देखिएको हो।

Advertisement

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार बिहान ८ः२५ बजे जहाज अवतरण गर्ने क्रममा पाङ्ग्रामा समस्या देखिएको थियो।

क्याप्टेन अजय प्रधान र अजय कुँवरले उडाएको उक्त जहाजमा ७ विदेशी र ६ नेपाली गरी १३ जना सवार थिए। जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको र सबै यात्रु सकुशल रहेको बताइएको छ। भूलका अनुसार उक्त जहाज नेपालगञ्जबाट डाेल्पाका लागि उडेकाे थियाे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top