डोल्पामा सिता एयर दुर्घटना, सबै यात्रु सकुशल

८ असोज ८३, बिहीबार
Share this
748shares

८ असोज , काठमाण्डौ ।

Advertisement

 नेपालगन्जबाट डोल्पाको जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको हो । १३ जना यात्रु बोकेर गएको सानो विमान दुर्घटनामा परेको खबर छ । सो विमानको पछाडिको दायाँ तर्फ टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

डिएसपी अनिल गिरीका अनुसार सबै यात्रु भने सकुशल छन् । र त्यहाँको धावनमार्गमा पनि अहिले मर्मत भइरहेको छ । आज बिहान ८ बजेर २५ मिनेटको समयमा नाइ–एन–एजेएच कलसाइन भएको जहाजमा सात जना विदेशी नागरिक समेत थिए ।

Advertisement

जहाज धावनमार्गमै रोकिएपछि अन्य जहाज अवतरण गर्न सकेका छैनन् । जुफालको पनि उडान अवरुद्ध रहेका छ । दर्शकबृन्द नेपालगन्जबाट डोल्पाका लागि उडेको सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको चक्का फुत्किएपछि दुर्घटनामा परेको हो ।

आज बिहान डोल्पा विमानस्थल जुफालमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको चक्का फुत्किए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार चक्का फुत्किए पनि जहाजमा असर परेको छैन ।

Advertisement

जहाजमा रहेका यात्रु तथा चालक दलका सदस्यसमेत सुरक्षित छन् । घटनामा अन्य कुनै क्षति भएको छैन । जहाजमा सात जना विदेशी नागरिक र ६ जना नेपाली गरी १३ जना सवार थिए। सवारमध्ये ११ जना पुरुष र दुई जना महिला रहेका छन् ।

अवतरणका क्रममा जहाजको पछाडिको दाहिनेपट्टिको चक्का फुत्किएर बाहिर निस्किएपछि जहाज रनवे मै रोकिएको प्रहरीले जनाएको छ । यता प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले पनि पांग्रामा सामान्य समस्या देखिएको र सबै सकुशल रहेको जानकारी दिएकी छन् ।

अहिले सो जहाज धावनमार्गमै रहेको छ । प्राविधिकहरुले जाँच गरिरहेको उनले जानकारी दिएकी छन् । यसबारेको थप अपडेट प्राप्त हुनासाथ हामी पुनः उपस्थित हुने छौं । अन्य ताजा खबरका लागि नेपाल टाइम्स हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top