आज र भोलि विद्यालय बन्द गर्नू : शिक्षा मन्त्रालय

८ असोज ८३, बिहीबार
Share this
764shares

८ असोज , काठमाण्डौ ।

Advertisement

देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा विद्यालय तथा विश्वविद्यालयलाई आवश्यक सावधानी अपनाउन आग्रह ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना ।

Advertisement

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको समेत जोखिम रहेकाले शैक्षिक संस्थालाई पूर्वतयारीमा जुट्न मन्त्रालयको आग्रह ।

सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक अवरोध हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहसँग समन्वय गरी आज असोज ८ र भोलि ९ गते आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको सुझाव ।

Advertisement

त्यस्तै, असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने परीक्षासमेत आवश्यकताअनुसार स्थगित गर्न विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई मन्त्रालयले गर्याे अनुरोध ।

विपद्को अवस्था सिर्जना भए सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न पनि मन्त्रालयको निर्देशन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top