८ असोज , काठमाण्डौ ।
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका अभियानमा नेपालले गर्दै आएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिने परराष्ट्रमन्त्री शिशिर खनालको प्रतिबद्धता।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा राष्ट्रसंघको शान्ति सञ्चालन विभागका उपमहासचिव जाँ–पिइरे लाक्रोइक्ससँगको भेटमा मन्त्री खनालले नेपाली शान्ति सैनिकप्रति राष्ट्रसंघले व्यक्त गर्दै आएको विश्वास र सहकार्यका लागि दिए धन्यवाद ।

खनालले नेपालले संयुक्त राष्ट्रसंघसँगको दीर्घकालीन सहकार्यलाई उच्च महत्त्व दिएको उल्लेख गर्दै पारस्परिक विश्वास, सम्मान र सहकार्यलाई थप सुदृढ बनाउन चाहेको बताए।
उनका अनुसार हाल करिब १२ वटा संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा ४ हजार ३ सयभन्दा बढी नेपाली सैनिक तथा प्रहरी कर्मचारी कार्यरत छन्।

राष्ट्रसंघको आवश्यकता र अनुरोधअनुसार थप जनशक्ति आवश्यक परे नेपाल १० हजारसम्म शान्ति सैनिक योगदान गर्न तयार रहेको उल्लेख ।
नेपालले राष्ट्रसंघबाट शान्ति स्थापनाका लागि सहयोगको आह्वान हुँदा सदैव सकारात्मक, जिम्मेवार र रचनात्मक ढंगले प्रतिक्रिया दिँदै आएको खनालको भनाइ ।
नेपाली शान्ति सैनिकले व्यावसायिकता, अनुशासन, समर्पण र कार्यदक्षतामार्फत योगदान पु¥याउँदै आएको उल्लेख गर्दै राष्ट्रसंघीय मापदण्डअनुसार प्रशिक्षण, कार्यसम्पादन, जवाफदेहिता र अन्तरसञ्चालन क्षमता अभिवृद्धिलाई निरन्तरता दिने प्रतिवद्धता ।



