८ असोज , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुशार अमेरिकी डलर, कुवेती र बहराइन दिनारको मूल्य बढ्दा युरो, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्रा भने घट्यो ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा तोकियो ।

कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ २० पैसा र बिक्रीदर ४९९ रुपैयाँ १५ पैसा पुगेको छ।
त्यस्तै, बहराइन दिनारको खरिददर ४०५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १२ पैसा कायम ।

युरो १ को खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १७ पैसा तथा पाउन्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ १३ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९३ पैसा छ भने अस्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७० पैसा निर्धारण ।
स्वीस फ्र्याङ्क १८५.७९÷१८६.५२, क्यानेडियन डलर १०८.५६÷१०८.९८ र सिङ्गापुर डलर ११९.६५÷१२०.१२ रुपैयाँ कायम हुँदा जापानी येन १० को खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा निर्धारण ।



