काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा चार दिनदेखि जारी केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नाममध्ये २९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो। एमालेको विधानअनुसार केन्द्रीय कमिटीको १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार अध्यक्ष ओलीले सचिवालय बैठकमार्फत प्रस्ताव गरेका नामहरू केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका थिए।
मनोनीत हुनेमा विभिन्न दलबाट एमालेमा प्रवेश गरेका नेताहरूसँगै एमालेमै रहेका नेताहरू पनि छन्। पार्टी सचिव महेश बस्नेतका अनुसार थप केही नेताको नामसमेत पछि केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ।यता, केन्द्रीय सदस्य मनोनयनको प्रक्रिया र प्रस्तावित नामप्रति एमाले उपमहासचिव योगेश भट्टराईले असहमति जनाएका छन्। उनले मनोनयनको निर्णयप्रति नोट अफ डिसेन्ट लेखेका छन्। भट्टराईले अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रस्ताव तथा मनोनयनका लागि छनोट गरिएका नामप्रति फरक मत दर्ज गरेका हुन्।
मनोनीत २९ केन्द्रीय सदस्यः

१. काशीनाथ अधिकारी
२. देवराज घिमिरे
३. बिमला धिमिरे
४. शिवमाया तुम्बाहाम्फे
५. हरि घिमिरे
६. प्रेम डंगाल
७. पासाङ शेर्पा
८. नरेन्द्र भट्टराई
९. शान्तिलाल महत
१०. नन्दलाल देवकोटा
११. पाल्तेन शेर्पा
१२. बिनोद पाण्डे
१३. पुष्पा श्रेष्ठ
१४. जानुका सिम्खडा
१५. कौशला खती
१६. मोहम्मद इस्तियाक राई
१७. प्रमोद यादव
१८. डा. अब्दुल हुसैन
१९. भवानी खापुङ
२०. दीपक साउद
२१. जया गोले
२२. बाबी चाम्लिङ
२३. श्रीप्रसाद शर्मा
२४. धर्म निरौला
२५. श्रुवराज विष्ट
२६. अर्जुन राई
२७. धर्म गिरी
२८. जी. गुरुङ
२९.



