११ असोज , काठमाण्डौ ।
अविरल वर्षासँगै आएको पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता ।
दुई दिनदेखि लगातार परेको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो, बाढी र डुबानको जोखिम ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको छ भने ठिमुरेमा पहिरोले घर पुरेपछि बेपत्ता भएकी सारुको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीको भनाइ ।
लगातारको वर्षाले पाल्पाका ग्रामीण सडक तथा बस्तीसमेत जोखिममा ।

कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुलसमेत बगाएको छ भने पाल्पाको माडीफाँट डुबानमा परेको छ भने झडेवा फाँटलगायतका क्षेत्रमा पानी पस्दा धानबालीमा क्षति ।
यसैबीच शनिबार राति बुटवलमा तिनाउ नदीको बाढीले वडा नम्बर ११ टपमजुवाका पाँच घर बगाएको छ।
नदीको सतह बढेपछि बिनापाते, बुद्धनगर, मजुवा र टपमजुवाका सयौँ स्थानीयलाई विद्यालय तथा मन्दिरमा सुरक्षित स्थानमा सारिएको थियो।
पूर्वसूचनाका कारण मानवीय क्षति हुन नपाएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
अहिले भने तिनाउको पानीको सतह घट्दै गएको प्रहरीले जनाएको छ।



