११ असोज , काठमाण्डौ ।
प्रतिकूल मौसमका कारण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पर्यटकका लागि प्रवेशाज्ञा अर्थात् परमिट वितरण अस्थायी रूपमा बन्द।
सम्भावित विपद्को जोखिम र यात्रामा हुनसक्ने असहजतालाई ध्यानमा राख्दै बिहीबारदेखि मौसममा सुधार नआएसम्म परमिट वितरण।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, एक्यापका अनुसार भारी वर्षा र हिमपातको पूर्वानुमानपछि मुस्ताङसहित मनाङ, लमजुङ, म्याग्दी र कास्कीका उच्च क्षेत्रमा जाने पर्यटकका लागि अनलाइन परमिट प्रणाली बन्द गरियो।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना र मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा तथा हिमपातको सम्भावना देखाएपछि पर्यटकको सुरक्षाका लागि यस्तो निर्णय गरिएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताको भनाई।

यस अवधिमा कुनै पर्यटक सम्बन्धित जिल्लामा पुगिसकेको अवस्था भए भौतिक रूपमा उपस्थित भएर शुल्क तिरेपछि आवश्यक सहजीकरण गरिने एक्यापले गरायो जानकारी।
लगातारको वर्षाका कारण बाढी, पहिरो र नदी कटानले सडक अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्न सक्ने भएकाले परमिट सेवा रोकियो।मौसम सामान्य भएपछि साविककै प्रणालीअनुसार अनलाइन परमिट सेवा पुनः सञ्चालन गरिने।
अन्नपूर्ण संरक्षण क्षेत्रमा जाने पर्यटकले निर्धारित शुल्क तिरेपछि मात्रै प्रवेशाज्ञा प्राप्त गर्ने छ।



