रास्वपाले सांसदका स्वकीय सचिवलाई दियो अभिमुखीकरण

११ असोज ८३, आइतबार
Share this
805shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। संसदीय दलको कामलाई थप प्रभावकारी बनाउन स्वकीय सचिवको भूमिका, जिम्मेवारी र संसदीय अभ्यासबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ।

Advertisement

कार्यक्रममा रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको विचार, अनुशासन तथा स्वकीय सचिवको जिम्मेवारी र कर्तव्यबारे धारणा राखेका थिए। त्यस्तै, सचेतक प्रकाशचन्द्र परियारले स्वकीय सचिवको भूमिका, संसदीय अभ्यासमा यसको महत्व तथा सांसदको कामलाई प्रभावकारी बनाउन स्वकीय सचिवले खेल्ने भूमिकाबारे जानकारी गराएका थिए।

सचेतक क्रान्तिशिखाले स्वकीय सचिवहरूले उठाएका विभिन्न जिज्ञासा, प्रश्न तथा व्यावहारिक चुनौतीबारे छलफल गर्दै आवश्यक स्पष्टता प्रदान गरेका थिए। रास्वपाले संसदमा सांसदको प्रभावकारी भूमिकाका लागि सही सूचना, व्यवस्थित समन्वय, जिम्मेवार टिम र स्पष्ट कार्यप्रणाली आवश्यक हुने बताउँदै सोही उद्देश्यअनुसार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top