१२ असोज , काठमाण्डौ ।
देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङको जोखिम अझै कायम रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह ।
असोज ९ गतेदेखि हालसम्म चट्याङ, बाढी, पहिरो, हावाहुरी तथा अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको प्रधानमन्त्री शाहले दिए जानकारी ।

प्रधानमन्त्री शाहद्वारा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट ।
घाइते पाँच जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको बालेनको भनाइ ।

देशभर बाढी, पहिरो, डुबान र चट्याङलगायत ४३९ वटा मनसुनजन्य घटना भएका छन् भने पाँच जना बेपत्ता ।
मनाङमा हिमपहिरोमा मानिस बेपत्ता भएको सूचना प्राप्त भएकाले विवरण सङ्कलन भइरहेको प्रधानमन्त्रीले दिए जानकारी ।
नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले बेपत्ताको खोजी, बाढीमा फसेका नागरिक तथा पशुचौपायाको उद्धार र प्रभावित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था भइरहेको उल्लेख ।



