१२ असोज , काठमाण्डौ ।
बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा राहत वितरण, बेपत्ता नागरिकको खोजी र घाइतेको उपचारलाई थप तीव्र बनाउन सरकारसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आग्रह।
आइतबार विज्ञप्ति जारी गर्दै लामिछानेले अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।

घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायप्रति आभार व्यक्त ।
मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेकाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह।

प्रभावित क्षेत्रमा राहत वितरण, बेपत्ता नागरिकको खोजी र घाइतेको उपचारलाई ‘युद्धस्तरमा’ अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदै लामिछानेले बाढी–पहिरोका कारण अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन गरे आग्रह ।
घरबारविहीन नागरिकका लागि सुरक्षित आवास र पुनःस्थापनामा ढिलाइ नगर्न तीनवटै तहका सरकारलाई रविको आग्रह ।
विपद्को अवस्थामा रास्वपाका नेता, सदस्य, शुभचिन्तक तथा ¥यापिड एक्सन टिमलाई सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा आमनागरिकको सेवामा परिचालन हुन पनि लामिछानेको आह्वान ।



