१२ असोज , काठमाण्डौ ।
नारायणी नदीको पुलको पिलरमा अड्किएको क्रुज हटाउन सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन ।
आइतबार साँझ करिब पौने ६ बजे नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट–२ स्थित होटल रिभर क्राउनको क्रुज नारायणी नदीको तीव्र बहावले बगाएको थियो ।

नदीले बगाएको उक्त क्रुज नारायणी नदीमाथिको पुलको पिलरमा अड्किएपछि पुल नै जोखिममा ।
क्रुज पुलको पिलरमा अड्किएपछि नदीको बहाव र संरचनामा पर्न सक्ने सम्भावित असरलाई ध्यानमा राख्दै त्यसलाई सुरक्षित रूपमा हटाउने प्रयास थालिएको प्रहरीको भनाइ ।

क्रुज हटाउनका लागि सशस्त्र प्रहरी बलको ३१ नम्बर गुल्म र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको डीएसपी शैलेन्द्र थापाले दिए जानकारी। संयुक्त सुरक्षा टोलीले घटनास्थलको अवस्था निरीक्षण गरी क्रुजलाई पुलको पिलरबाट सुरक्षित रूपमा अलग गर्ने प्रयास गरिरहेको उल्लेख ।



