१२ असोज , काठमाण्डौ ।
नेपालमा हाल मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव कायमै ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ ।

महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी हिमाली भू–भागमा साधारणतया बदली रहने ।
पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा विहानैदेखि हल्कादेखि मध्यम वर्षा यथावत ।

हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ ।
यसैगरी सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान ।
मौसम बदलीसँगै वर्षा हुने सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह ।



