१२ असोज , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, कुवेती दिनार र बहराइन दिनारलगायत केही विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ भने युरो र अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य घट्यो ।
पाउन्ड स्ट्रलिङलगायत केही मुद्राको मूल्य भने बढ्यो ।

आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा कायम ।
यस्तै युरो १ को खरिददर १७४ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा कायम रहदा पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५८ पैसा पुग्यो ।

अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८९ पैसा कायम रहदा कुवेती दिनार र बहराइन दिनारको विनिमयदर भने अघिल्लै दिनको बराबर रहेको राष्ट्र बैंकको भनाइ ।



