विश्व कराते च्याम्पियनसिपमा नेपाललाई ६ पदक

१२ असोज ८३, सोमबार
Share this
749shares

१२ असोज , काठमाण्डौ ।

Advertisement

जापानमा सम्पन्न ११औँ विश्व सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ६ पदक जित्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार नेपाली खेलाडीले प्रतियोगितामा दुई स्वर्ण, एक रजत र तीन कास्य पदक हात पारे ।

Advertisement

प्रतियोगितामा एरिका गुरुङ र राकेश मानन्धर नेपालका लागि स्वर्ण पदक जित्न सफल ।

एरिकाले ६८ केजीमाथिको तौल समूहमा तथा राकेशले ६० केजीमुनिको स्पर्धामा स्वर्ण जिते ।

Advertisement

त्यस्तै, निरुपा डोङ तामाङले ६८ केजीमुनिको स्पर्धामा रजत पदक प्राप्त गरेकी छन् भने मीनबहादुर तामाङले ६७ केजीमुनिको स्पर्धामा कास्य पदक जिते ।

नेपालले कुमितेतर्फ टिम स्पर्धामा पनि कास्य पदक हात पार्दा मेघा लिम्बू, सानुमाया थिङ र एलिशा रास्कोटी सम्मिलित काता टोलीले पनि कास्य पदक जितेको राखेपले दियो जानकारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top