कांग्रेस सुनसरी–४ अधिवेशनमा कुटाकुट, एक नेता घाइते

१४ असोज ८३, बुधबार
Share this
726shares

१४ असोज , काठमाण्डौ।

Advertisement

नेपाली कांग्रेस सुनसरी–४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा विवाद बढेपछि दुई पक्षबीच हात हालाहाल ।

विवादका कारण केही समय मतदान प्रक्रिया प्रभावित ।

Advertisement

क्षेत्रीय सभापति पदका लागि मनोज साह र गफार अन्सारीबीच प्रतिस्पर्धा भइरहेका बेला मतदानस्थलमा फर्जी मतपत्र भेटिएको दाबीपछि विवाद सुरु भएको उल्लेख ।

वर्तमान क्षेत्रीय सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले मतपत्रका विषयमा प्रश्न उठाएपछि गफार अन्सारी पक्षका व्यक्तिहरूले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन्।

Advertisement

झडपका क्रममा आफ्नो टाउकोमा चोट लागेको उनको भनाइ ।

यता, गफार अन्सारी पक्षले भने ऐयुव अन्सारीले मतपेटिकामा लात्ती प्रहार गरी निर्वाचन प्रक्रिया अवरुद्ध गर्न खोजेको आरोप लगाएको छ।

दुवै पक्षले एकअर्कामाथि आरोप लगाएपछि केही समय मतदान रोकिएको थियो।

हरिनगर गाउँपालिकाका अध्यक्षसमेत रहेका गफार अन्सारीले यसअघि नै क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गरेका थिए।

वर्तमान क्षेत्रीय सभापति ऐयुव अन्सारीले भने जिल्ला सभापतिमा आफ्नो दाबी प्रस्तुत गरिसकेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top