१४ असोज , काठमाण्डौ।
गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गर्याे ।
मन्त्रालयले असोज १२ गते गरेको निर्णयअनुसार रामेछापकी प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ भने प्युठानका सीडीओ शान्ति राज प्रसाईंलाई सिराहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी ।

गृह मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत मोतीराम सापकोटालाई गुल्मीको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ भने कपिलवस्तुका सीडीओ जनार्दन गौतमलाई गृह मन्त्रालय वा मातहत सरुवा ।
गृहकै सहसचिव तुलसीबहादुर श्रेष्ठलाई डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने डोटीकी सीडीओ कल्पना घिमिरे नेपाललाई भने गृह मन्त्रालय वा अन्तर्गत उपसचिवका रूपमा सरुवा ।

यसैगरी, गृह मन्त्रालयमा उपसचिव रहेका भक्तीराम मरासिनीलाई अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ भने अर्घाखाँचीमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत उपसचिवका रूपमा सरुवा ।



