१४ असोज , काठमाण्डौ।
प्रेस काउन्सिल नेपालका अध्यक्षलाई कार्यकक्षमै ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिइएको घटनाप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण ।
काउन्सिलले छलफलका क्रममा दिइएको धम्कीपूर्ण अभिव्यक्तिको भत्र्सना गर्दै संस्थागत संवादमा मर्यादित व्यवहार आवश्यक रहेको विज्ञप्तिमार्फत जनायो ।

काउन्सिलका अनुसार मंगलबार नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनसम्बन्धी छलफल भइरहेका बेला पत्रकार दीपक पाण्डेले अध्यक्षलाई उक्त अभिव्यक्ति दिएका थिए।
छापामाध्यम बचाउ सुझाव कार्यदलका मागबारे अध्यक्षको कार्यकक्षमा छलफल जारी रहेका बेला अन्य सहभागीबाट समेत काउन्सिलका कर्मचारीलाई अपमानजनक व्यवहार भएको काउन्सिलको दाबी ।

छलफल तथा असहमति लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक पक्ष भए पनि त्यस क्रममा धम्कीपूर्ण भाषा प्रयोग गर्नु स्वीकार्य नहुने काउन्सिलको प्रस्टोक्ति ।
आफ्ना पेसागत माग राख्ने अधिकारको सम्मान गर्ने जनाउँदै संस्थागत संवादका क्रममा मर्यादित, जिम्मेवार र संयमित व्यवहारको अपेक्षा गरेको काउन्सिलको भनाइ



